गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको सुझाव : विदेशी राजाको खुट्टा ढोग्नुभन्दा आफ्नै राजा फर्काउन लाग्नुस

गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको सुझाव : विदेशी राजाको खुट्टा ढोग्नुभन्दा आफ्नै राजा फर्काउन लाग्नुस

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाही उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि खनिएका छन् । कतारका राजा तमिम बिन हमाद अल थानी पहिलो पटक नेपाल आउन लागेको भन्दै सार्वजनिक बिदा दिएपछि शाही गृहमन्त्री लामिछानेविरुद्ध खनिएका हुन् ।

उनले लामिछानेको पुरानो फेसबुक स्टाटस सेयर गर्दै बिदेशी राजाका खुट्टा नै ढोक्न जानु भन्दा आफनै देशका राजा फर्काउने अभियानमा लाग्न सुझाव दिएका छन् । उनले लामिछाने र अरु नेतामा केही फरक नभएको भन्दै बोल्ने एउटा गर्ने अर्को भन्दै टिप्पणी गरे ।

उनले फेसबुका लेखेका छन् ,‘माननीय रवि लामिछाने ज्यु हिजोका दिनहरुमा तपाईंले जनताकोआवाज उठाउँदै गर्दा हाम्रो साथ र समर्थन थियो तर आज तपाईं आफैँ गृहमन्त्री हुँदा कतारका राजा आउँदा सार्वजनिक बिदा दिनुभएछ अब भन्नुहोस् तपाईं र अरु नेतामा के फरक भो ? बोल्ने एउटा गर्ने एउटारु बिदेशी राजाका खुट्टा नै ढोक्न जानु भन्दा आफनै देशका राजा फर्काउने अभियानमा लाग्नुहोस कति गुलामी गर्छौ हो बिदेशीको ?’