दैलेखका प्रमुख जिल्ला अधिकारी भुसाल, ‘सेवाग्राहीका गुनासा सुन्छन् र समाधान गर्छन्’

दैलेखका प्रमुख जिल्ला अधिकारी भुसाल, ‘सेवाग्राहीका गुनासा सुन्छन् र समाधान गर्छन्’

काठमाडौं । जिल्ला प्रशासन कार्यालय दैलेखले सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारीसँग सेवाग्राही कार्यक्रम प्रभावकारी बन्दै गएको छ । हरेक दिन दिउँसो एक बजेको समयमा सेवा लिन आएका सेवाग्राहीहरु बसेर दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले उनीहरुका समस्या र गुनासाहरु सुन्ने गरेका छन् । 

प्रमुख जिल्ला अधिकारी भुसालले सेवाग्राहीहरुसँग बसेर सेवा प्रवाह प्रतिको प्रतिक्रिया समेत लिने गरेका छन् । प्रमुख जिल्ला अधिकारी भुसाल भन्छन्, – ‘हरेक दिन दिउसो एक बजेको समयमा सेवा लिन  आउनु भएका सेवाग्राहीसँगै बसेर उहाँहरुको समस्या÷गुनासा सुन्ने र सेवा प्रवाह प्रतिको प्रतिकृया लिने गरेको छु ।’ 

प्रमुख जिल्ला अधिकारीसँग सेवाग्राही कार्यक्रमले सेवाग्राही र जिल्ला प्रशासन कार्यालयसँगको सम्बन्ध समेत थप सकारात्मक भएको महशुस गरेको भुसालले बताए । ‘हामीले सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारीसँग सेवाग्राही कार्यक्रम प्रभावकारी बन्दै गएको महशुस गरेका छन् । यो कार्यक्रमले सेवाग्राही र जिल्ला प्रशासन कार्यालयसँगको सम्बन्ध समेत थप सकारात्मक ऊर्जा थप्ने हाम्रो विश्वास छ ।’ – भुसालले भने । 

प्रमुख जिल्ला अधिकारीसँग सेवाग्राही कार्यक्रम अन्तर्गत प्रमुख जिल्ला अधिकारी भुसालले नागरिकका गुनासा सुन्ने र तत्काल समस्या समाधान गर्ने काम गरिरहेको बताए । उनले यस कार्यक्रम अन्तर्गत लंगिक हिंसा, बालविवाह र लागुऔषध दुव्र्यसनी लगायतलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने विषयमा समेत सेवाग्राहीहरुसँग छलफल गरिरहेको जानकारी दिए । 

सेवाग्राहीहरुले पनि आफ्ना गुनासाहरु सिधैं प्रमुख जिल्ला अधिकारीसँग राख्न पाउँदा हर्षित बन्ने गरेका छन् ।