नेपाल आउन लागेका कतारी राजासँग कति छ सम्पत्ति ?

नेपाल आउन लागेका कतारी राजासँग कति छ सम्पत्ति ?

काठमाडौं । कतारका राजा शेख तामीम बिन हमद अल थानी मंगलवार नेपाल आउँदै छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन विमानस्थलमा स्वागत गर्ने कार्यक्रम तय भएको छ ।

सरकारले कतारी राजको स्वागतमा मंगलवार देशभरि नै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कतारमा पहिला देखिनै अल थानी परिवारले राज गर्दै आएको छ । रिपोर्टका अनुसार कतारमा राजपरिवारका ८ हजारभन्दा बढी सदस्यहरू रहेका छन् ।

राजपरिवारको कुल सम्पत्ति ३३५ बिलियन अमेरिकी डलर भन्दा बढिरहेको बताइन्छ । कतारको राजपरिवारलाई पहिला देखि नै विलासी परिवारको रूपमा हेर्ने गरिन्छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित विभिन्न समाचारहरूका अनुसार कतारको राज परिवारले हाल ओमानमा समुद्र भित्र एक विलासी महल बनाइरहेको छ ।

विलासिताकै कुरा गर्नु पर्दा कतारका राजा तमीमसँग ५०० मिलियन अमेरिकी डलर पर्ने समुद्री जहाज तथा सयौँ बिलासी कार आदि रहेको बताइन्छ । हालका राजा शेख तामीम बिन हमद अल थानीले पनि अन्तर्राष्ट्रिय समुदायमा आफ्नो बलियो प्रभाव विस्तार गरिरहेका छन् । वैदेशिक लगानी, पूर्वाधार विकाश मात्रै नभएर तमीमले कतारको पहिचानलाई सशक्त बनाउन खेललाई पनि प्रयोग गरिरहेका छन् ।