इलाममा डम्बरसँग मतान्तर घटाउँदै सुहाङ, कसको कति मत ?

इलाममा डम्बरसँग मतान्तर घटाउँदै सुहाङ, कसको कति मत ?

काठमाडौँ । इलाम उपनिर्वाचन-२ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २ र ३ नम्बर वडाको मतगणना सकिएको छ । यी तीन वडाको ४ हजार ३२ मतगणना हुँदा नेपाली कांग्रेसको अग्रता कायम छ ।

कांग्रेसका डम्बर खड्काले १६ सय ४३ मत पाउँदा एमालेका सुहाङले १६ सय १ मत पाएका छन् ।  एमालेका सुहाङ नेम्वाङले मतान्तर घटाएका छन् । उनीहरूबिचको मतान्तर ४२ मा झरेको छ । यसअघि १ र २ नम्बर वडाको मतगणना सकिँदा सुहाङ ८३ मतले पछाडि थिए । 

तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ४ सय ३६ मत र चौथो स्थानमा रहेका रास्वपा उम्मेदवार मिलन लिम्बूले ३ सय ५ मत पाएका छन् ।