३ बर्षसंगै बसेर छुट्टिएको त्यो दिनपछि मेरो जिन्दगी !

३ बर्षसंगै बसेर छुट्टिएको त्यो दिनपछि मेरो जिन्दगी !

एक हप्तापछि एकदिन रंगिन पेपरले र्याप गरिएको गिफ्ट जस्तै देखिने बट्टा प्रेक्षाले मेरो टेबलमा ल्याएर राखिदिई। बाहिरपट्टि रातो मसीले ठूलो अक्षरमा मेरो नाम लेखिएको थियो। एकछेउमा सानो अक्षरमा छड्के पारेर लेखिएको थियो– अत्यन्तै गोप्य।

पठाउनेको नाम कतै छ कि भनेर ओल्टाइपल्टाइ हेरेँ। कतै केही लेखिएको थिएन।

‘कसले ल्यायो यो रु’ अगाडि उभिरहेकी प्रेक्षातिर हेर्दै सोधेँ।

‘थाहा छैन। हजुरलाई दिनु भनेर रिसेप्सनमा छोडेको रहेछ।’

प्रेक्षा निस्किएपछि र्याप गरेको पेपर खोलेँ। भित्र सानो सिन्दुरको बट्टा, एक लुङ पोते र एउटा रातो डायरी। डायरीको बाहिरपट्टि रातो मसीले लेखिएको थियो– तिम्रो सम्झनामा।

त्यो भन्दा तलतिर थियो रातो गुलाबको फूल र उनको नाम– भविशा।

आश्चर्य त त्यतिबेला लाग्यो जब डायरी सँगै सिन्दुर र पोते पनि देखेँ। सिन्दुर पोते मलाई पठाउनुको अर्थ के रु मैले कहिल्यै पनि उनलाई सिन्दुर पोते दिएको थिइनँ। कतै मेरो नामको सिन्दुर र पोते उनले लगाएकी त थिइनन् रु यदि थियो भने मलाई किन कहिल्यै थाहा दिइनन्रु

म एकपछि अर्को गर्दै प्रश्नै प्रश्नको अन्धकार सुरुङभित्र फसेँ। त्यँहाबाट निस्किने आशा जीवितै राख्ने एउटै मात्र चिज थियो, उनले लेखेको डायरी।

सायद अब यसैले खोल्नेछ उनको जीवनको मैले नदेखेको कथा । तिमीसँग बसुन्जेल डायरी लेख्न कहिल्यै आवश्यक ठानिनँ। जब छुट्टियौं लेख्नै पर्ने आवश्यकता महशुस गरेँ। मेरो कथा मसँगै नमरोस् भन्ने एक मात्र उद्धेश्य हो यो लेख्नुको। त्यसैले कोशिस गरेको छु।

कुनैदिन यो डायरी तिमीले पढ्न पायौ भने मैले यो लेख्नुको सार्थकता हुनेछ। म प्रार्थना गर्छु, यो तिम्रो हातमा परोस् !

त्यो दिन पत्रिकामा तिम्रो आर्टिकल ‘लिभिङ टुगेदर’ पढेपछि मलाई त्यो नयाँ कन्सेप्टले निक्कै आर्कषित गर्‍यो । दोहोराएरै पढेँ, तिम्रो लेखाइले मलाई तानिसकेको थियो। रातो टि–सर्ट, नकोरेको कपाल, चम्किलो आँखा, बिर्रर दाह्री उम्रिएको तिम्रो शालिन अनुहारवाला त्यहाँ छापिएको तस्वीरले मलाई झन् बढी आकर्षित गर्‍यो।

तिमीलाई थाहा छ त्यो फोटो मैले कति पटक हेरेँ रु अनगिन्ती। यति पटक भन्ने त मलाई नै थाहा छैन, तिमीलाई त झन् कसरी थाहा होस् ! त्यसपछि हो तिमीलाई प्रत्यक्ष भेट्ने तीव्र इच्छा जागेको। आर्टिकलको अन्तिममा तिम्रो इमेल ठेगाना थियो। इमेल लेख्दै मेट्दै गरेँ धेरै पटक तर पठाउने आँट आएन।

आजसम्म कसैलाई भेट्ने प्रस्ताव नराखेकी म, तिमीलाई चाहीँ कसरी सक्थेँ ररु एक मनले भन्थ्यो केटी मान्छे भएर भेट्ने प्रस्ताव राख्दा उत्ताउली रैछ पो भन्ठान्ने हो कि रु फेरी अर्को मनले भन्थ्यो भेटेर गफै गर्नु त के नराम्रो हो ररु यस्तै दोमन गर्दागर्दै दुई दिन बित्यो।

अन्ततः हिम्मत गरेरै तिमीलाई मेल गरेँ। रिप्लाई दिएर भेट्छु भन्यौ, मेरो खुसीको सिमै रहेन। अचम्म १ म तिमीप्रति किन यति धेरै आर्कर्षित भएँ रु आफैंलाई थाहा छैन।

म झल्झली सम्झिरहेको छु त्यो कफी सपको पहिलो भेट। गोरो चकलेटी अनुहार, झुस्स दाह्री, जिङ्रिङ्ग कपाल, पातलो अग्लो ज्यानमा नीलो टि–सर्ट र डार्क ब्लु जिन्स्मा मुसुमुस मुस्कुराउँदै मलाई कुरिरहेको तिमी।

तिम्रो पर्सनालिटी मात्र होइन तिम्रो व्यवहार पनि उस्तै राम्रो रहेछ। पहिलो भेटमै मलाई फिदा बनायौ। झन् तिम्रो त्यो इनोसेन्ट अनुहारको वर्णन त खै म कसरी गरुँर ? अब मलाई तिम्रो लेख मात्र होइन, तिमी नै मन परिसकेको थियो। त्यही भेटले तिमी र मलाई जोडिदियो।

बिहानदेखि बेलुकासम्म कहिले कल, कहिले मेसेज गरेर तिमीसँग बोलिरहन मन लाग्थ्यो। मात्रै एक घन्टा पनि तिमी कुनै जानकारी बिना अफलाइन भयौ भने यता म बेचैन हुन्थेँ। कहिलेकाहीँ त सोच्थेँ, म किन यति धेरै क्रेजी भएकी१ के मलाई जस्तै उसलाई पनि हुन्छ ? कतै मेरो यो एकोहोरो प्रेम त होइन रु तर होइन, तिम्रो निश्चल प्रेममाथि मैलै शंका गरेको पटक्कै होइन।

म बुझ्थेँ, तिमी व्यक्त गर्दैनौ थियौ तर बेहद प्रेम गर्थ्यौ। अँ साच्चि१ तिमीले भनेको मलाई याद छ नि– प्रेम देखाउने कुरा होइन, महशुस गराउने कुरा हो। हो, कति गफ आउँछ है तिमीलाई ? बद्मास '

तिमीसँग भेटेपछि एक वर्ष जेनतेन होस्टेलमा बिताएँ। अनि त होस्टेलमा बस्न पनि मन लाग्न छोड्यो। हरेक साँझ तिमीसँगै परोस्, हरेक बिहान तिमीसँग उदाओस् भन्ने लाग्न थाल्यो। म हरेक पल तिमीसँगै हुन चाहन्थेँ। त्यसैले जिद्धी गरेकी थिएँ सँगै बसौं भनेर। तिमी अनेक बहाना गरेर टार्न खोज्थ्यौ।

आखिर जित प्रेम कै थियो, हामी लिभिङ टुगेदरमा बस्यौँ। सँगै बिताएका ती तीन वर्ष मलाई तीन महिना जस्तो लागिरहेको छ। ती बसाइँको मीठा पलहरू अहिले पनि मेरो मानसपटलमा ताजै छन्। एकएक पलहरू यहाँ लेख्न मन छ। तर यो सानो डायरीमा कति नै अटाउला र ! हामी दुनियाँको नजरमा अविवाहित भए पनि हाम्रो नजरमा हामी विवाहित जस्तै थियौं।

के फरक थियो र विवाहित जोडी र हामीमा रु तिम्रो अफिस, साथीभाइहरू माझ मलाई श्रीमती नै भनेर चिनायौ। तिमीले त्यसो भनिरहँदा मभित्र खुसीको संचार यति हुन्थ्यो कि त्यो म शब्दमा व्यक्त गर्नै सक्दिनँ। मलाई तिमीप्रति गुनासो छ। यस्ता कुराहरू अक्षरमा व्यक्त गर्न कहिल्यै सिकाएनौ। किन सिकाएनौरु भन त !

‘सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन।।।’ तारादेवीले गाएकी यी गीतका हरफहरू कसैले मेरै लागि लेखिदिएको रहेछ झै लाग्छ आजकाल। मेरो अब्रोडबाट मास्टर्स गर्ने जिद्दी रूपी हुरीले एकाएक हाम्रो सम्बन्ध उडाएर आँधीपछि फुंग उडेको झुप्रे बस्ती जस्तै बनाइदियो । मलाई थाहा थियो तिमी आफ्नो अडानमा टसमस गर्नेवाला होइनौ। तै कतै मेरो रहरमा साथ दिन्छौ कि भन्ने झिनो आशाले कहिले फकाउँथें, कहिले घुक्र्याउँथें। म अलि जिद्धी नै छु।

बाआमाको एक्लो सन्तान। मलाई अपुग के नै थियो र१ म पुलपुलिएर हुर्किएकी थिएँ। जे चाहन्छु त्यो पाउनै पर्छ भन्ने मभित्र हुर्किएको अहम् पनि एउटा कारण हो, जसले हाम्रो सम्बन्ध नदीको दुई किनारा बनाइदियो।त्यो रात, तिमीले अन्तिम निर्णय सुनाएका तिम्रा ती शब्दहरूले मेरो मुटुमा वाण रोपे झैं भयो। म माथि आकाश खसे झैं, मैले टेकेको धर्ती भासिए झैं लाग्यो।

सबैतिर अन्धकार देखेँ। बाआमा छोडेर तिमीलाई नै संसार मानेर बसेकी थिएँ । अब तिम्रो साथ पनि नपाएपछि एक्लै भए पनि आफ्नो सपना पूरा गर्नुपर्छ भन्ने मनमा लाग्यो। मनमा त संसार नै त्यागिदिउँ कि जस्तो पनि नलागेको होइन । तर चाउरी पर्न थालेका बाआमाको अनुहार सम्झिएर रोकिन्थें। वाथरूम छिरेर घण्टौं रोएँ। कतै फकाउन पो आउँछौ कि १ साथ दिन्छु पो भनिहाल्छौ कि भन्ने झिनो आस मरिसकेको थिएन। अहँ, तिमी आएनौ। फर्किएर बेडमा आएँ।

तिमी एकछेउमा पिठ्यू फर्काएर सुतिदियौ। पटकपटक कोल्टे फेर्दै निस्सार त्यो रातमा कतै अंगालो मारेर फकाउँछौ कि भन्ने आस लागिरह्यो । मनमा लागेको थियो एकपटक अंगालोस् र भनोस्– भवि ! तिमी र मेरो सम्बन्ध भन्दा ठूलो अब्रोडको मास्टर्स होइन। आई कान्ट लिभ विदाउट यु ! तर भनेनौ। पीडा तिमीलाई पनि थियो। थाहा पाइरहेकी थिएँ, तिमी पनि निदाउन सकेको थिएनौ। तर हामीभित्र रहेको जिद्धीपनको अगाडि मायाको केही जोड चलेन। एक मनले सोच्थेँ– होस् यो विदेश जाने चक्कर छोड्दिउँ। नेपालबाटै मास्टर्स गरे पनि भैहाल्छ नि। पढाइ मात्रै सबैथोक पनि त होइन। मन परेको, माया गरेको मान्छेसँग जिन्दगी बिताउन पाउनु पनि त जीवनको उपलब्धि नै हो।

फेरी अर्को मनले सोच्थेँ– केही पाउन केही गुमाउनै पर्छ। म आफ्नो सपनालाई उसको कारण किन तिलान्जली दिउँरु मेरा बाआमाको सपना पनि त त्यही हो। उसको लागि बाआमा त त्यागेँ अब उहाँहरूको सपना पनि तुहाइदिनुरु मैले त्यसरी बस्ने एकल निर्णय लिएर धोका दिइसकेको थिएँ। अझै कति धोका दिउँ बाआमालाईरु उफ् १ सोच्दासोच्दै छर्लङ्गै रात बितेछ। ब्लाङ्केट हटाउँदै घडी हेरेँ, बिहानको नौ बजिसकेछ। तिमी अफिसको लागि तयार भैसकेको थियौ। जुत्ताको ट्वाक ट्वाक आवाज सुनेर म दौडिदै भर्याङसम्म पुगेर हेरेँ।

तिमी केही सम्झिए झै गरेर टक्क रोकियौ अनि गयौ। तर पछाडि फर्किएर मलाई हेर्न जरुरी ठानेनौ। तिमी ओझेल परेपछि एकाएक मेरो मुटुको धड्कन बढ्न थाल्यो। भक्कानो फुटेर आयो।ढोकामा चुकुल लगाएँ। रोएँ, कराएँ, चिच्याएँ। भित्तामा भएका तिम्रो र मेरा तस्विरसँग घण्टौं बात मारेँ। त्यो ठाउँ, ती सबै दृश्य मेरा लागि त्यो दिनसम्मका मात्रै थिए।

दिउँसोको एक बजिसकेको थियो। आफ्नो कपडा प्याक गरेँ। असरल्ल छोडेका तिम्रा कपडा मिलाएर दराजमा राखिदिएँ। सामानहरू मिलाइदिएँ। कोठा किचेन सफा गरेँ। हिँड्न तयार भएँ अनि अन्तिममा तिमीलाई टेक्स्ट गरेँ। मलाई आशा थियो तिमीले तुरुन्तै कल गर्नेछौ। नभए पनि एउटा लामो टेक्स्ट गरेर मलाई नजाउ भन्ने छौ। वा, म आउँछु अनि मात्र जाउ भन्ने छौ। कम्तीमा मलाई रोक्ने छौ भन्ने आशा राखेर हातमै मोबाइल राखेर आधा घण्टा कुरेँ। अहँ, मेरो मेसेजको रेस्पोन्स आएन। मनले पूरै हरेस खायो। चाबी लगाउनु अगाडि घरभरिका सबै सामानको स्पर्श गरेँ, चुमेँ र सबैसँग बिदा मागेर म सधैंको लागि रुँदै निस्किएँ।

एक सुट्केस कपडा र एक झोला किताब बोकेर टुप्लुक्क छोरी घर पुग्दा बाआमा औधी खुसी देखिनु हुन्थ्यो। पढाइ सकेर छोरी होस्टेलबाट घर फर्की भन्ने बाआमाको बुझाइ गलत नै त थिएन। तर म होस्टेलबाट नभई घरबाट माइत फर्किएकी थिएँ, फेरि कहिल्यै नजाने गरी। त्यति ठूल्ठूला निर्णय म एक्लै गरिरहेकी थिएँ।

बिचरा बाआमालाई केही थाहा छैन। मनमा त्यत्रो पीडा लुकाएर अगाडिको बाटो तय गर्न मलाई सजिलो थिएन। एकातिर आफ्नो सपना अर्कोतिर तिम्रो सम्झना। म धेरै रात निदाउनै सकिनँ। यो शरीर टाढा भए पनि मन तिमी सँगै थियो भास्कर १ तिमीलाई नसम्झिएको कुनै पल नै थिएन। ममीले रायोको साग पकाउँदा होस् कि खसीको मासु, खान बस्दा तिम्रै याद आउँथ्यो। उसलाई यो कति मन पथ्र्यो, एक्लै के खायो होला रु जब–जब तिमीलाई मनपर्ने कुरा किचेनमा पाक्थ्यो म यस्तै सोची बस्थेँ।

तर खै मभित्रको के कुराले तिमी सँगै बस्न दिएन मलाई नै थाहा छैन। आफ्नो रहर, बाआमाको सपना र तिम्रो माया बीचको त्रिकोणात्मक भूमरीमा परेर म आफ्नो जीवनबाटै कमजोर हुँदै गएको महशुस गर्थें। एक दिन घरमा मेरो फूपू आउनुभयो। लण्डनमा व्यापार गरेर बस्ने आफ्नै देवरको छोराको बिहेको कुरा लिएर। उसैसँग मेरो बिहे गराइदिने ठूलै छलफल चल्यो। फूपूले केटाको गुणगान खुवै गाउनु भयो। बाआमा मख्ख परे।

औपचारिकता नै सही मलाई पनि सोधियो, फोटो पनि देखाइयो। तर मैले केही भनिनँ। मौन बसेको देखेर म उसँग बिहे गर्न राजी भएको अर्थमा बुझेछन् सायद। परिवारमा खुसीको माहोल बन्यो। छोरीले अब्रोडबाट उच्च शिक्षा हासिल गरेको हेर्ने सपना पनि पूरा हुने भयो भन्ने लाग्यो होला।कुराकानी कै बीचमा एकपटक निक्कै आँट गरेर बोलेँ, ‘म एक्लै स्टुडेण्ट भिसा अप्लाइ गर्छु। बिहे गर्नुपरे पढाइ सकिएपछि गरौंला।’मलाई एक्लै विदेश जान नदिने बाबाको अडान अगाडि मेरो त्यो लुते प्रस्ताव के काम लाग्थ्यो र ! त्यसपछि बाबाको लेक्चर सुरू भैहाल्यो अब मैले बोल्नुको अर्थ थिएन। म चुपचाप बसेँ। केटा विवाह गर्न नेपाल नै आएको रहेछ। एक दुई दिनमा भेट्ने कुरा तय भयो।भेटेँ, केटा राम्रै थियो। उसले मन परायो। मैले हुन्छ पनि भनिनँ, हुँदैन पनि भनिनँ। मलाई थाहा थिएन मौन बस्नु भनेको हुन्छ भन्ने अर्थ लाग्दो रहेछ। मेरो कति कुरामा तिमी मौन बस्थ्यौ। मलाई लाग्थ्यो त्यो तिमीलाई मन परेन। तर अर्थ त त्यस्तो नहुने रहेछ। मलाई के थाहा !

केटा फर्किहाल्नु पर्ने भएकोले एक हप्तैमा बिहे सक्ने सल्लाह भयो। भोलिपल्टैबाट विवाहको तयारी सुरू भयो। यता मेरो भने साँझ–बिहान होस् कि मध्यरात, तिम्रो फोटो हेरेर बात मार्नु दैनिकी बनेको थियो। अन्जु पन्तले गाएको ‘माया एउटा सँग बिहे अर्को सँग।।।’ गीत मेरै लागि लेखिएको थियो झैं लाग्न थाल्यो। यो गीत कैयौं पटक सुनेँ। हरेक शब्द मेरै जीवनसँग मेल खान्थे। एक्लै हुँदा होस् वा जग्यमा बेहुलासँग बसिरहेको क्षणमा होस्। तिम्रो अनुहार र यो गीत मानसपटलमा घुमिरहन्थे। चिच्चाएर जग्गेमै गाइदिउँ झैं लाग्थ्यो।

फेरि बाआमाको अनुहार सम्झिन्थेँ, आफ्नै रहर सम्झिन्थेँ। आफूले आफ्नै मनलाई सम्झाउनु बाहेक के नै उपाय थियो र १ त्यो जग्गेमा दनदनी बलेको आगोमा तिमीसँग साचेको कैयौं सपनाहरू मेरै आँखा अगाडि जलिरहेका थिए। बिहेलगत्तै ऊ लण्डन फर्कियो। इम्पेरियल कलेज लण्डनमा मास्टर्स डिग्रीको लागि भिसा लाग्यो। अब मेरो गन्तव्य मोडियो लण्डनतिर। घरको काम गर्नु, पढ्नु र फुर्सद भएमा उसको व्यवसायमा सहयोग गर्नु मेरो दिनचर्या थियो। तर पढाइमा मेरो ध्यान केन्द्रित हुनै सकेन।

मेरो जीवनसँग एकाएक जोडिएको नयाँ मान्छे आत्मीय बन्न सकेन। नातामा मात्र हामी श्रीमान् श्रीमती थियौं, भावनात्मक रूपमा त्यो सम्बन्ध मौलाउन सकेन। विदेशी रमझम, असीमित सुविधा अनि त्यहाँको दैनिकीले मेरो मन तान्न सकेन। सात समुन्द्रपारि पनि मलाई तिम्रा यादहरूले पछ्याउन छोडेनन्। सपना थियो तिमीसँगै कुनै दिन समुन्द्री तटमा पुग्ने। समुन्द्री तटमा त म पुगेँ तर तिमी त्यहाँ थिएनौ। तिमी बिनाको समुन्द्र नै सुख्खा लाग्थ्यो मलाई। तिम्रो यादहरूले मेरो मनमा यति जरा गाडेको रहेछ कि मलाई दिनप्रतिदिन गलाउँदै लगिरहेको थियो।

एक रात निन्द्रामा चिच्याएर बिस्ताराबाट कुद्ने हुँदा अगाडि रहेको दराजमा टाउको ठोक्किएर बेहोस भएछु। ब्यूझिँदा म हस्पिटलको बेडमा थिएँ। डाक्टरले उसलाई सम्झाउँदै थिए। कुनै किसिमको स्ट्रेस पर्ने कुराहरू मेरो छेउमा नगरिदिन, शान्त वातावरण बनाइदिन डाक्टरको अनुरोध थियो। डिप्रेसनको रिपोर्ट र काउन्सेलिङको लागि लेखिएको रिफर नोट बोकेर मेरो श्रीमान् नजिकै आएर मेरो अनुहार नियालेर हेरे। मसँग बिहे गरेर पछुताएको भाव उनको अनुहारमा सल्बलाई रहेको छ भन्ने म प्रष्ट बुझ्थेँ।

मेरा आँखा रसाए। मन भारी भएर आयो। आत्मग्लानीले म तड्पिएँ। आफ्नो सपनाको स्वार्थमा अर्को एक निर्दोष मान्छेमाथि जानीजानी गरेको अपराध सम्झेर आफैंप्रति घृणा जाग्यो। कुनै दिन पनि एक वचन उसले मेरो डिप्रेसनको कारण सोधेन। उसको मायामा कुनै कमी थिएन। तर मलाई दिनप्रति दिन डिप्रेसनले गाज्न थाल्यो। औषधि सेवन नगरी निदाउन छोडेँ। पढाइ छोडेँ, झन् उसको काममा सहयोग गर्ने त कुरै थिएन। म घरको चार पर्खालभित्र सीमित भएँ।

जेनतेन त्यसैगरी दुई वर्ष बित्यो। बाआमाको यादले पनि साह्रै सताउन थालेपछि एक महिनाको लागि नेपाल फर्किने निर्णय गरेँ। रिफ्रेस हुन्छे भन्ठानेर होला उसले पनि केही समयलाई नेपाल जान सुझाव दिइरहेको थियो। गएको तीन वर्षपछि म नेपाल आएँ। मलाई डिप्रेसन भएको मेरो माइती पक्षलाई थाहा दिइएको थिएन। बाआमाको अगाडि आफ्नो रोग लुकाउन म हरदम कोशिस गरिहन्थेँ। सबभन्दा गाह्रो त औषधि खान र लुकाउन थियो।

जतिबेलै सुतिरहन मन लाग्ने, खासै कोहीसँग बोल्न पनि मन नलाग्ने। घरबाट बाहिर निस्किन समेत मन नगरेको देखेर एकदिन त ममीले मुख खोलेरै सोधिस्यो, ‘तँ त डिप्रेसनमा छस् कि क्या हो नानीरु’ मलाई त चिच्चाएर भन्न मन थियो, ‘हो ममी म डिप्रेस्ड छु।’ तर, त्यो हिम्मत मसँग बाँकी छैन ममी। सुस्तरी भनेँ, ‘छ्या, होइन। किन त्यस्तो सोचिसेको ?’ नेपाल बस्दा काउन्सेलिङको लागि उताको सबै रिपोर्ट बोकेर आएको थिएँ। गोप्य रूपमा काउन्सेलिङको लागि गुगल सर्च गरेँ।

स्क्रिनमा हेर्दाहेर्दै मुटुको धड्कन तब एकाएक तीव्र भयो जब साइक्याट्रिक काउन्सेलरहरूको टप लिष्टमा तिम्रो फोटो देखेँ। सफाचट गोरो अनुहार, पावरवाला सेतो चस्मा, हल्का फुलेको कपाल र रोयल ब्लु सुटभित्र सेतो सर्ट र रातो टाईको तिम्रो आकर्षक तस्वीरले मलाई तरङ्गित बनाइदियो।तर, मलाई थाहा भएको तिम्रो नाम त्यहाँ थिएन। तिम्रो प्रोफाइल क्लिक गरेर सबै हेरेँ। आखिर तिमी नै थियौ मेरै भास्कर। खै १ मेरै पनि कसरी भनौं१ मेरो भएको भए त मसँगै हुन्थ्यौ नि, होइनरु

खास ....सँगै भएको भए मेरो जीवनमा यस्तो दिन आउँदैन थियो कि ! मनमा स्मृतिहरू मडारिन थाले। भास्करको जीवनमा यति धेरै परिर्वतन आइसकेको रहेछ। सायद उसले बिहे पनि गर्यो होला। उसको यादबाट मुक्ति पाउन सामाजिक संजालदेखि जोडिएका सबै ठाउँबाट उतिबेलै डिलिट गरको थिएँ। तर खास डिलिट हुनुपर्ने मन मस्तिष्कबाट भने कहिल्यै भएन। त्यसैले त आज म यस्तो अकल्पनीय अवस्थाबाट गुज्रिरहेको छु।

गजब त के भने, म जुन समस्यासँग जुधिरहेकी छु ऊ त्यसैको विशेषज्ञ भएर बसेको रहेछ। नियतिको यो कस्तो खेलरु के म उसैकहाँ परामर्शको लागि पुग्नुपर्ने भो अब ? सुरूमा त त्यहाँ जान्न भन्ने सोचिरहेको थिएँ। जुन घाउबाट मुक्त हुन खोजिरहेको थिएँ फेरि त्यही घाउ किन कोट्याउनु ? तर अर्को मनले त्यसो भन्दैन थियो। भन्छन् नि जहाँ लडेको हो त्यहीँबाट उठ्नु पर्छ। समस्या जहाँबाट सृजना भयो त्यहीँबाट समाधान खोज्नु त झन् बुद्धिमानी हो नि।

यसो भनिरहँदा तिमीलाई लाग्यो होला मेरो समस्याको सारा दोष मैमाथि थोपरिरहेकी छे। त्यस्तो होइन भास्कर१ कारणसँग तिमी जोडिन्छौ तर दोष तिम्रो होइन। मैले तिमीलाई कहिल्यै दोष दिएको छैन। दोष हाम्रै नियतिको हो। मध्ये रातको बाह्र बजेर पैतिस मिनेट गइसकेछ। रात सुनसान छ, तर मेरो मनमा आँधी चलिरहेकै छ। आ।।।जे सुकै होस् ! एकपटक उसैलाई भेट्छु, उसलाई देख्न, भेट्न मन लागिरहेको पनि छ, बाहना पनि त हुन्छ।

मैले परामर्शको लागि तिम्रोमा आउने निधो गरेँ। तिम्रो ‘आसेवन काउन्सेलिङ’ अफिसको फोन नम्बर नोट गरेर बेडमा पल्टिएँ। काठमाडौं पनि निक्कै चिसो हुन थालेछ, लण्डनजस्तै। सडकमा हिँड्दा त त्यहाँ साँझको सिरेटोले मुटु कमाउँछ। यतिबेला लण्डनमा साँझ पर्यो, आयुषको घर फर्किने बेला पनि भएछ। खाना बनाउन उसै त अल्छि छ, त्यहाँमाथि जाडो। रेष्टुराँतिर डिनर पो गर्दै छ कि१ म नेपाल आएको यत्रो दिन बितिसक्यो, फोन, मेसेज केही गर्दैन। कस्तो मान्छे होलारु

आफ्नी श्रीमतीको माया पनि लाग्दैन कि क्या हो रु केटा मान्छेको मन अलि रुखो नै हुन्छ भन्छन्। हुन त मैले पनि गरेकी छैन। म पनि उसैले पहिला गरोस् न भनेर कुरेकी छु। अँ...भास्कर, बिहान उठेर तिम्रो अफिसमा कल गरेँ। तिम्रो असिस्टेन्ट प्रेक्षाले पन्ध्र दिनपछिको अपोइन्टमेन्ट दिइन्। त्योभन्दा अगाडि नै डेट मिल्छ कि भनेर कोशिस नगरेको होइन तर मिलेन। दुई हप्ता कुरेरै भए पनि म तिमीलाई भेट्न आतुर थिएँ। भेट नै हुँदैन भन्दा बरु वास्ता नहुने तर अब फलानो दिन भेट हुन्छ भन्ने भएपछि त्यो दिनसम्म कुर्न भने साह्रै सकस हुन्छ मलाई। दिन गनेर बस्ने बानी छ। तिमीलाई थाहै छ नि।

यही कुरामा तिमीले कति पटक गाली पनि गरेको थियौ। जति नै सकस भए पनि समय त आफ्नै गतिमा बग्ने हो बगि नै रहन्छ। अन्ततः भेट हुने दिन पनि आइपुग्यो। शनिबारको दिन काठमाडौं अलि ढिलै उठ्छ। तर म सबेरै उठेँ। तिमीसँगको आठ बजेको अपोइन्टमेन्ट थियो। मन त्यसै फुरुङ्ग थियो। तीन वर्षपछि तिमीलाई भेट्दै थिएँ। नढाँटी भन्छु, तिमीसँग छुट्टिएपछि म फेरि यति धेरै खुसी भएको आजै हो। अचानक भेट हुँदा तिम्रो रियाक्सन कस्तो होला है१ कतै पूरै बदलिएको त छैनौरु आफैंसँग प्रश्न सोधेर आफैं मख्ख थिएँ।

तिमीलाई मनपर्ने सेतोमा नीलो बुट्टा भएको टप्समा नीलो लेगिज लगाएँ। धेरै मेकअप गरेको तिमीलाई मन पर्दैन थियो। हुन त मलाई पनि मन पदैन। हल्का मेकअप गरेर ठूलो ऐनामा घुमिघुमि आफ्नै शरीर हेरेँ। मान्छे त म राम्री हो नि– आफैं फुसफुसाएँ। आज आफ्नो शरीर आफैंलाई खुब मन परिरहेको थियो। जब मन खुसी हुन्छ नि सारा संसार नै राम्रो देखिन्छ।

तिम्रो अफिस पुग्दा आठ बज्नै लागेको थियो। प्रेक्षाले लम्बेतान फारम भराएर, उताको रिपोर्ट समेत राखेर फाइल तयार गरेकी थिई। मलाई काउन्सेलिङ रूममा कुराएर ऊ फाइल बोकेर तिम्रो रूममा गई। तिम्रो प्रतीक्षामा म घडीको सेकेण्ड सुई गनेर बसिरहेँ। मलाई खुसीले के गरौं र कसो गरौं भइरहेको थियो। एक मनले त तिमीलाई भेट्ने बित्तिकै अंगालो मारेर धक फुकाएर रोई दिउँ जस्तो पनि लागिरहेको थियो। फेरि सोच्थेँ, उसको अगाडि किन दुःखी बन्नु।

मेरो पीडासँग उसलाई के मतलबरु सम्बन्ध त उसै दिन टुंगिसकेको थियो। म त यहाँ भास्कर होइन काउन्सेलर भेट्न कुरिरहकी छु। पिसाब लाग्ला जस्तो भयो, वाथरूम छिरेँ। अहँ।।। लागेन। फेरि आएर सोफामा थचक्क बसेँ। सेकेण्ड, मिनेट हुँदै आधा घण्टा बित्यो तिमी आएनौ। आधा घण्टापछि प्रेक्षा आएर भनि, ‘सरी म्याम, सर इर्मजेन्सी मिटिङमा हुनुहुन्छ। टाइम लाग्छ। भोलि आठ बजेलाई टाइम दिनु भएको छ।’ यो सुनेर मलाई झनक्क रिस उठ्यो, ‘मैले पनि त दुई हप्ता अघिदेखि टाइम लिएको हो नि। मलाई धेरैबेर पर्दैन एक मिनेट भए पनि भेट्न दिनुस्।’

फेरि उसले नम्र हुँदै भनि, ‘सरी म्याम मिल्दैन।’ दौडिदै गएर तिम्रो ढोका खोलेर छिरौं जस्तो पनि लागेको थियो। तर अफिसमा अरु मान्छेको अगाडि त्यति गर्ने हिम्मत आएन। प्रेक्षाले उसको क्याविनमा ल्याएर कफी अफर गरी। कफीसँगै आधा घण्टा गफ गर्यौं। हिजोआजको तिम्रो जिन्दगीबारे प्रेक्षाले सबै सुनाई। एकाएक ममा बेचैनी बढ्यो। आधा घण्टा बसेर म निराश हुँदै तिम्रो अफिसबाट निस्किएँ।

त्यस्तै मन लिएर जस्तो तीन वर्षअघि तिम्रो घरबाट निस्किँदा थियो। दिनभर मौसम धुम्म थियो, साँझ सिमसिम पानी पर्यो। ठण्डीयाममा काठमाडौंमा पानी परेपछि के चाहिन्थ्यो र, जाडो ह्वात्तै बढिहाल्यो। ममीले खसीको खुट्टाको सुप बनाउनु भएको रहेछ। सुप र गुन्द्रुकको अचारसँग थपी–थपी भात खाएँ। हिटर तापेर राति अबेरसम्म बाबाममीसँग गफ गरेर बसेँ। केही वर्षपछि सायद आजै होला यति धेरै गफ गरेर बसेको। एघार बजेतिर बेडमा पुगेको थिएँ, झल्यास्स आयुषको याद आयो। कतै मेल पो पठायो कि भनेर ल्यापटपमा इमेल खोलेँ। नभन्दै आयुषको मेल आएको रहेछ। उत्साहित हुँदै खोलेँ, लेखिएको थियो– भविशा !

बडो सकसका साथ आज यो लेख्दैछु। लेखौं कि नलेखौं भनेर धेरै दिनरात सोचेपछि अन्ततः लेख्ने निणर्यमा पुगेको छु। मैले पनि जीवनमा सपना देखेको थिएँ। त्यही सपना पूरा गर्न आफ्नो भूगोलभन्दा धेरै टाढा आएर संर्घष गरिरहेको छु। संर्घषकै बीचमा हाम्रो जीवन जोडियो। जीवनसँगै सपना पनि। सपना मेरोबाट हाम्रो भएको थियो। सोचेको थिएँ, सपनाले अब प्वाँख हाल्ने छन्। हाम्रो जिन्दगीले नयाँ उडान भर्ने छ। तर दुर्भाग्य, नियतिले पलाउनै आँटेको प्वाँख काटिदियो। हामी जमिनमा नराम्रोसँग पछारियौं। जुन दिनबाट हाम्रो जीवन जोडियो, त्यही दिनदेखि नै हाम्रो सम्बन्ध औपचारिकतामा मात्र सीमित रह्यो। तिमी हरेक दिन कसैको यादमा टोलाउथ्यौ, हरेक रात उसैको नाममा बर्बराउँथ्यौ। मलाई यो सबै थाहा हुँदाहुँदै पनि कहिल्यै मैले तिमीलाई प्रश्न गरिनँ। तिमीले लुकाएको तिम्रो विगतबारे मैले सबै थाहा पाइसक्दा पनि म चुपचाप नै बसिरहेँ।

म त्यो तीतो सत्यलाई आफैंभित्र दबाउन कोशिस गर्दागर्दै त्यो दिनदेखि असफल भएँ जुन दिन यो कुरा आफन्त, परिवार र साथीभाइलाई समेत थाहा भयो। त्यसपछि मैले हार खाएँ। यो कुराहरू मैले प्रत्यक्ष तिमीसँगै गर्न सक्थेँ तर डाक्टरले तिम्रो डिप्रेसनको कारण यो कुरा गर्न मलाई रोक लगाएको थियो। अझ मेरो मुखबाट तिमी सामू यस्ता कुरा नगर्न डाक्टरले कडा शब्दमै चेतावनी दिएका थिए। सँगै सुतेको कैयौं रात मैले यो कुरा गर्न नखोजेको होइन। तर सकिनँ। यही कारण म पनि आफ्नो जिन्दगीबाट डग्मगाइसकेँ।

यसरी हाम्रो जीवन कति दिन चल्छ र१ खैर, अब हामीले आ–आफ्नै बाटोबाट अगाडि बढ्नु नै बुद्धिमानी हुनेछ भन्ने ठानेको छु। अन्तमा, मसँग भएको कुरा तिमीलाई के–के चाहिन्छ माग, म दिन तयार छु। म भने तिमीसँग एउटै कुरा माग्छु। त्यो हो डिभोर्स। माफ गर भविशा१ आजसम्मको साथको लागि म सधैं ऋणी रहिरने छु। गुड बाई ! आयुष !

मेल पढिसकेपछि संसार नै अन्धकार लाग्यो। सूर्यको प्रकाश, जुनको उज्यालो अब मेरो लागि रहेन। जिन्दगी जिउन सक्छु कि भन्ने आशाको धिपधिपे दीयो पनि झ्याप्पै निभ्यो। अब त्यो अन्धकार छिचोल्न के कुराले मलाई प्रेरणा दिन सक्थ्यो र १ जिन्दगीले मलाई पटक–पटक पछारिरह्यो। अब त उठ्ने हिम्मत नै गर्न सकिनँ। मसँग एउटै मात्र विकल्प बाँकी छ, महाप्रस्थान।सोच्दैगर्दा बाआमाको तस्वीर आँखै अगाडि आयो। अन्तिम पटक बिदा मागेँ सधैंको लागि। तत्कालै आयुषलाई रिप्लाई दिएँ– तिमीबाट मलाई केही चाँहिदैन। मलाई अब यो संसारबाटै केही चाहिँदैन। इमेलसँगै आएको डिभोर्स फर्ममा सिग्नेचर गरेर पठाइदिएँ। आयुषसँग पनि बिदा मागेँ।

विगत केही महिनादेखि लेखिरहेको रातो डायरी सिरानी छेउमै थियो। आज यसलाई पनि पूर्णता दिएँ। यो डायरी सानो बक्समा र्याप गरेर तिम्रो अफिसको ठेगाना लेखेर छोडिदिने छु। तिमीले यो डायरी पढ्दै गर्दा यो संसारमा मेरो उपस्थिति हुने छैन। र, अन्तिममा तिमीसँग लुकाएको एउटै कुरा छ, जुन हाम्रो बिहे भएको दिन सुनाउनलाई साँचेकी थिएँ। तर त्यो दिन आएन, त्यसैले आजै सुनाउँछु– हामी लिभिङ टुगेदरमा बसेको पहिलो हप्ता नै गुहेश्वरी दर्शन गर्दा मैले लुकाएर लगेको सिन्दुर र पोते भगवानको अगाडि तिमीलाई छुवाएर राखेकी थिएँ।

त्यो दिनदेखि त्यो पोते र सिन्दुर सधैं मेरो साथमा थियो। त्यो पनि यो डायरीसँगै तिमीलाई नै फिर्ता गरिदिएकी छु। मलाई माफ गर भास्कर ! आजबाट मैले तिमीसँग अब कहिल्यै नभेट्ने गरी बिदा मागेकी छु। तिम्रो प्रेमको मीठो अनुभूतिको कथा बोकेर म टा‘।ढा क्षितिजपारि जाँदैछु। तिमीलाई कुनै दिन मेरो याद आएमा मा......थि आकाशमा चम्किलो जुनलाई हेर्नू है ! सायद म त्यतै कतै हुनेछु।
अकस्मात आँखा खुल्यो। झ्यालबाट मिर्मिरे उज्यालोले चिहाइरहेको थियो। ढल्किँदै गएको शरद ऋतुको चिसो बिहानीमा न्यानो विस्तारा झट्टै छोड्न मन लागेन। व्ल्यांकेटभित्रै गुटमुटिएर छेवैमा रहेको मोबाइल खोलें। स्क्रिनमा मेसेन्जरको नोटिफिकेसनहरू टन्नै थिए। स्क्रोल गर्दै जाँदा अलि तल प्रेक्षाको मेसेज रहेछ– सर, बिहान आठ बजेलाई अपोइन्टमेन्ट राखेको छु।

शनिबारको दिन त अलि ढिला अपोइन्टमेन्ट राख्नु भनेर पटकपटक भनिसकें । ‘हस’ भन्छे, मुसुक्क हाँस्छे, सकियो। फेरि भनेको मान्ने चाहिँ कहिल्यै होइन। नटेरेको देख्दा कहिलेकाहीँ त बेस्मारी गाली गरौं झैं झोंक चल्छ। फेरि यसो सोच्छु उसैले त हो मेरो ढिलासम्म सुत्ने बानीलाई परिर्वतन गराइदिएकी। बरु उसलाई त धन्यवाद भन्नुपर्ने हो। मनमनै थ्यांक्यु प्रेक्षा भनें। तर आजसम्म यो कुराको लागि उसले सुन्नेगरी धन्यवाद पाएकी छैन।

प्रेक्षा, अफिसको मेरो असिस्टेन्ट हो । क्लाइन्ट ह्याण्ड्लिङदेखि मेरो कामको म्यानेजमेन्टसम्मको जिम्मा उसैलाई छ। उसको कामप्रतिको लगाव देख्दा म नतमस्तक हुन्छु। बिहान सवेरै होस् कि राति अबेर होस् ऊ आफ्नो जिम्मेवारीप्रति हरवखत प्रतिबद्ध हुन्छे। कहिलेकाहीँ त भन्छु, ‘तिमी कति काम मात्र भन्छौ, कहिलेकाहीँ त यसो घुम्न पनि जाऊ । रमाइलो गर। बेलाबेला रिफ्रेस त हुनु पर्यो नि।’ ऊ सधैं झैं मुसुक्क हाँस्छे। उसको रेडीमेड जवाफ एउटै हुन्छ– जाउँला नि कुनै दिन।

घडी हेरें । सात बज्न लागिसकेछ। उठेर फ्रेस भइवरी अफिस पुग्दा सवा आठ बजिसकेको थियो। प्रेक्षा प्रि काउन्सेलिङ रूममा क्लाइन्टसँग परामर्श गरेर फाइल तयार गर्न व्यस्त थिई। म सरासर आफ्नो क्याविनमा छिरें। कार्यालय सहयोगी दिदीले ल्याइदिएको कफी पिउँदै पत्रिका हेर्दै थिएँ, प्रेक्षा फाइल बोकेर आइपुगी। मलाई फाइल दिँदै क्लाइन्ट काउन्सेलिङ रूममा मलाई पर्खिरहेको जनाउ दिएर फर्की।

फाइलको बाहिरपट्टि नै ठूलो अक्षरमा नाम लेखिएको थियो– भविशा कोइराला, उमेर २७ वर्ष।भविशा...? म झसंग भएँ। अरे भविशा यहाँ ? त्यो पनि परार्मशको लागि रु म चकित परें। साँच्चै त्यही भविशा हो त ? म तिर्मिराएँ। हतारहतार टेबलमा रहेको सिसिटिभीको मोनिटर अन गरें। काउन्सेलिङ रूमको क्यामेराले देखायो उही भविशा सोफामा मलाई कुरिरहेकी थिई। मेरो हातखुट्टा फतक्कै गले। एकाएक मुटुको चाल बढ्यो। के गरौं के भयो। कहिले कुर्सीमा त कहिले सोफामा बस्दै उठ्दै गरें। चिट्चिट् पसिना निस्कियो। एकाएक बेचैनीको पारो चढ्यो।

भविशालाई थाहा छैन उनले परामर्शको लागि समय लिएको परामर्शदाता म हुँ भन्ने। किनकी उनलाई मेरो यो काम र यो कामको नाम बारेमा कुनै जानकारी छैन। उनलाई थाहा भएको मेरो वास्तविक नाम यो काममा प्रयोग हुँदैन। उनलाई परामर्शको लागि जसले यहाँ सिफारिस गर्यो उसलाई मेरो वास्तविक नाम थाहा हुने कुरै थिएन।

तर, मान्छे त एउटै हो। जुन उनको अगाडि उपस्थित हुने बित्तिकै थाहा हुने नै थियो। म विलखबन्दमा परें। उनलाई भेटौं कि नभेटौं भन्ने द्विविधा भयो। नभेटौं पैसा तिरेर, समय लिएर परामर्शको लागि आएकी एउटा क्लाइन्ट हुन्, उनलाई सेवा दिनु मेरो दायित्व हो। भेटौं हाम्रो विगत पुनरावृत हुनेवाला थियो। अर्को डर भनेको उनको अगाडि बसेर मैले परामर्श दिन र मेरो अगाडि बसेर उनले परामर्श लिन सम्भव होला कि नहोला भन्नेमा थियो।

मैले झट्टै निर्णय लिन सकिनँ। एक ग्लास चिसो पानी पिएर दस मिनेट त्यतिकै सोफामा बसिरहें। निक्कैबेर म ननिस्किएको देखेर प्रेक्षा क्याविनमै आई। उसलाई देख्ने बित्तिकै भनें, ‘यो क्लाइन्टलाई आज भेट्दिनँ। भोलि आठ बजेलाई टाइम दिनू।’

मैले यति भनिसक्दा प्रेक्षा ट्वाँ परेर मलाई हेरिरहेकी थिई। किनकी, समय दिइसकेको क्लाइन्टलाई मैले यसरी फिर्ता पठाएको रेकर्ड नै थिएन। ‘सर, एकछिन भेटेर बरु भोलिलाई बोलाउनुस् न। भेट नै नदिई कसरी फर्काउनुरु तीन हप्ताअघि देखि आजको टाइम लिएको हो।’

सेवाग्राहीको चित्त दुखाउनु हुँदैन भन्ने उसको सल्लाह ठीक थियो। तर मेरो मनभित्र चलेको आँधी विचरी उसलाई कसरी थाहा होस्। भविशा र मबीचको सम्बन्धको स पनि प्रेक्षालाई थाहा छैन। मेरो त्यस्तो रुढ भनाईप्रति उसले अनौठो मान्नु स्वभाविक नै थियो। मलाई सधैं ‘कुल म्यान’ देखेकी उसको लागि मेरो त्यो रूप अनौठो हुने नै भयो।

म चुपचाप बसिरहें। एकछिनमा क्याबिनबाट बाहिरिँदै उसले भनि, ‘ओके सर, टेक केयर।’ प्रेक्षाको ‘टेक केयर’ शब्द मप्रति व्यंग्य थियो। ऊ सरासर काउन्सेलिङ रूममा गएर भविशालाई आफ्नो क्याबिनमा लगी। म सिसिटिभी क्यामेराबाट भविशालाई नियाली रहेको थिएँ। तीन वर्षपछि उसलाई मैले प्रत्यक्ष देख्दै थिएँ। प्रत्यक्ष पनि नभनौं मोनिटरमा हेरिरहेको थिएँ। ऊ प्रेक्षासँग मज्जाले गफिरहेकी थिई। केहीबेरमा कफी आइपुग्यो । कफी पिउँदै उनीहरू आधा घण्टा बात मारे।

यता म भने आँखै नझिम्काइ मोनिटरमा हेरिरहेको थिएँ। मन त मलाई भविशाको आवाज नै सुन्न थियो। तर सिसिटिभीमा त्यो सुविधा थिएन। तल पार्किङबाट स्कुटर लिएर उनी निस्किएकोसम्म हेरिरहेँ। बाहिर मौसम धुम्म परेको थियो। क्षितिजमा कतै जान लम्किरहेका बादलहरूको घुइँचो देखिन्थ्यो। एकछिन अघिसम्म सँगै भएका बादलका टुक्राहरू हावाको वेगले छुट्टिएर आ–आफ्नै बाटो लाग्दै थिए। जसरी केही वर्ष अगाडि छुट्टिएर हामी पनि आ–आफ्नै बाटो लाग्यौं।

ती बादलका टुक्राहरूको फेरि मिलन होला कि नहोला थाहा छैन तर हाम्रो चाहिँ कम्तीमा भेट हुन लाग्दै थियो। म झ्यालबाट आकाश हेर्दै स्मृतिमा हराउन पुगेछु। कतिबेला प्रेक्षा आएर मेरो हालत नियाल्न भ्याइसकिछ। नजिकै आएर सोधी, ‘सर, हजुरलाई आज सन्चो छैन होरु’ म झसंग भएँ। नर्मल भएको देखाउन खोज्दै भनेँ, ‘नो नो आई एम ओके।’ तर मेरो अनुहार हेरेर मलाई पढ्न सक्ने प्रेक्षाले मेरो देखावटी भनाइमा विश्वास भने गरिन।

प्रेक्षा थप केही नभनि क्याबिनबाट बाहिरिई। मोबाइल खोलें। मोबाइलको ‘फोटो भल्ट’ एपमा उनको र उनीसँगको संयुक्त कैयौं फोटोहरू सम्झनाको लागि पासवर्डको चाबी लगाएर राखेको थिएँ। पासवर्ड नै उही थियो– भविशा। भित्र उनै भविशाका तस्वीरहरू।

निक्कैपछि यो भल्ट फेरि आज खोल्दै थिएँ। सितिमिति यो भल्ट खोल्न मलाई आँट नै आउँदैन। तर आज एकाएक उनको आगमनले ममा हलचल ल्याइदिएको थियो। भल्ट त खोलेँ तर फोटोहरू हेर्न सक्ने साहस जुटेन। मोबाइल बन्द गरेर आँखा चिम्लिएर त्यतिकै सोफामा सुस्ताएँ।

आज मेरो काम नगर्ने मुड देखेर प्रेक्षाले अरु दुई जना क्लाइन्टको अपोइन्टमेन्ट पोस्टपोण्ड गरिसकेकी थिई। भित्तामा झुण्डिरहेको घडीले ११ बज्नै लागेको संकेत गरेको थियो। लन्च टाइम भयो। म अफिसबाट बाहिरिएँ। घर जान मन लागेन। उसै पनि शनिबारको दिन थियो। फोन गरेर बाटोबाटै दुई जना साथी लिएर जहरसिङपौवा डाँडोमा पुगें। जहाँ आफैंले छानेर लोकल भाले काट्न लगाएर पिरो झोल र भात खान पाइन्छ।

ठण्डीयाममा डाँडाको न्यानो घाम ताप्दै पारीपट्टि जुगल हिमालको मनमोहक दृष्य हेर्दै दुई चार घण्टा बिताउनुमा स्वर्गीय आनन्द मिल्छ। तर, आज मन रमाएको थिएन। जाँदै गर्दा साथीहरूले धेरै पटक सोधे, ‘तेरो आज मुड अफ छ त रु के भयो रु’ मैले एउटै जवाफ दिइरहेँ, ‘होइन, तिमीहरूलाई त्यस्तो लाग्या मात्र हो।’ उनीहरूलाई जे लागिरहेको थियो त्यो त सत्य नै थियो। म नदेखाउन खोजिरहेको थिएँ। छलछाम गर्थें। मेरो आँखा अगाडि भने उनकै स्मृति नाचिरहेको थियो। छेउमा साथीहरू अनेक किस्साहरू सुनाउँदै रमाइरहेका थिए।

एक मनले त साथीहरूलाई मनभित्र गुम्सिएका सबै कुरा सुनाएर मन हलुका पारौं भन्ने लाग्थ्यो।फेरि झल्याँस्स सम्झिन्थें उनले गराएको बाचा। अनि त घाँटीसम्म आइपुगेका कुराभित्रै दबिन्थे।एक घण्टाको ड्राइभमा हामी डाँडामा पुग्यौं। सधैंझैं लामा दाइले मुस्कुराएर हाम्रो स्वागत गरेका थिए। पर सेताम्य हिमाल उसैगरी मुस्कराइ रहेको थियो। तलतिर देखिने जंगल, खोला, बस्ती अनि पहेँलै भएर धान पाकेको खेतहरू उस्तै सुन्दर थिए। तर जब मन नै शान्त छैन भने प्रकृतिका यस्ता सुन्दरताले कहाँ छुन सक्थ्यो र१ खै किन हो यी सबै चिज मलाई फिक्का लागिरहेका थिए। म आफैंभित्र हराइरहेको थिएँ।

उत्तर आयरल्याण्डको नेक्सस् युनिर्भसिटीमा काउन्सेलिङसम्बन्धी कन्सल्ट्यान्ट ट्रेनिङ कोर्स गर्दा क्लासमा प्रोफेसर मार्कले बीचबीचमा रमाइला किस्साहरू सुनाउँथे। एक पटक उनको अफिसमा उनकै पूर्वपत्नि काउन्सेलिङको लागि आइछिन्। त्यो पनि पूर्वपति उनै मार्ककै बारम्बार आइरहने यादहरूबाट छुटकारा खोज्न। सुरूमा त मार्कले अरु प्रोफेसर काउन्सेलरकोमा पठाइदिने निर्णय लिएछन्। तर पूर्वपत्निले अरुकोमा नजाने अडान लिएपछि परामर्शको लागि उनी बाध्य भएछन्।

त्यसको लागि एक महिनासम्म निरन्तर भेट भएपछि आखिरमा फेरि नजिकिन पुगेछन्। उनले ठट्यौली पारामा भने, ‘जीवनमा मेरो काउन्सेलिङ काम फेल भएको यही एउटा घटना हो।’ प्रोफेसर मार्ककै जस्तै एउटा घटना मसामू पनि आइपुगेको छ। फरक यति हो भविशा मेरो पत्नि थिइनन्। सुरूमा त मैले पनि मार्कले जस्तै अरु नै काउन्सेलरकोमा रिफर गर्ने नसोचेको होइन। तर उनको समस्या म आफैं उनकै मुखबाट सुन्न र परामर्श दिन चाहन्थेँ। मलाई डर भनेको उनको अगाडि म परामर्शदाताको रूपमा प्रस्तुत हुन सक्छु कि सक्दिनँ भन्नेमा मात्र थियो। उनले पनि सेवाग्राहीको रूपमा आफूलाई उभ्याउन सक्छिन् कि सक्दिनन् भन्नेमा पनि थियो।

हिमाल पारि घाम लुक्यो। धर्तीमा अँध्यारो झर्न थाल्यो। झ्याउँकिरीहरूले साँझ परेको संकेत दिँदै थिए। दिनभरि चर्न टाढा–टाढा पुगेका चराहरू आफ्नै गुँड फर्किंदै थिए। उसैगरी हामी पनि आफ्नो गुँड फर्किन त्यो डाँडा छोडेर ओरालो लाग्यौं। साथीहरूलाई ड्रप गरेर अबेर साँझ घर पुग्दा नौ बजिसकेको थियो। कपडा चेन्ज गरेर फ्रेस भएर डङ्रङ्ग बेडमा पल्टिएँ। म हरेक रात कम्तीमा तीन घण्टा भोलिपल्टको दिनको तयारीको लागि बिताउथें। तर आज ल्यापटपसम्म खोल्ने जाँगर चलेन। मानसपटलमा उनीसँग बिताएका ती स्वर्णिम तीन वर्ष घुम्न थाले। म नोस्टाल्जिक भएँ।

२०७० साल मंसिरमा एक चर्चित राष्ट्रिय दैनिकमा ‘युवापुस्तामा मौलाउँदो लिभिङ टुगेदर’ शिर्षकमा मेरो एउटा आर्टिकल छापिएको थियो। त्यो आलेखको अन्तिममा मेरो इमेल ठेगाना पनि थियो। त्यसको दुई दिन पछिको साँझमा मलाई एउटा झण्डै आधा पेज लामो एक जना युवतीको इमेल आयो। धेरै शब्द त मेरो आलेखको प्रसंसा गर्नमै खर्च भएको थियो भने अन्तिममा लिभिङ टुगेदर कन्सेप्टको बारेमा थप बुझ्न मसँग भेट्न चाहेको कुरा पनि लेखिएको थियो। त्यसपछि लेखिएको थियो उनको नाम– भविशा कोइराला।

मैले रिप्लाई दिएर भेट्ने कुरामा मन्जुरी दिएँ। त्यसैदिन रातिबाट हामी फेसबुकमा पनि जोडियौं। राति अबेरसम्म कुराकानी भयो। उनी इन्जिनियर बन्ने सपना बोकेर चितवनबाट काठमाडौं आएकी रहिछिन्। हामीले त्यो रात आ–आफ्नो घरपरिवारदेखि जीवनको लक्ष्यसम्म एक अर्कालाई बताउन भ्याइसकेका थियौं। अब हरेक दिन कुराकानीको सिलसिला चल्न थाल्यो । बिहान गुडमर्निङबाट सुरू भएको गफ राति गुडनाइटमा पुगेर टुंगिन्थ्यो । अचम्म चाहिँ झट्टै हाम्रो मन मिलेको थियो। यस्तो संयोग सायद कमै मात्र पर्छ।

दुई हप्ता त्यतिकै बित्यो। तेस्रो हप्ताको शुक्रबार साँझ बानेश्वरको एक कफी सपमा हाम्रो पहिलो भेट भयो। हँसिलो गोरो अनुहार, कर्ली कपाल, सर्लक्क मिलेको ज्यानमा, नीलो बुट्टा भएको सेतो कुर्ता–सुरुवालमा उनी निक्कै आकर्षक देखिएकी थिइन्। उनले आइपुग्ने बित्तिकै सोधिन्– म कस्तो देखिएकी छु ?

वाह...., यु लुक भेरी व्युटिफुल.....एण्ड नाइस् ड्रेस। कफीबाट सुरू भएको गफ लम्बिएर डिनरसम्मै पुग्यो। राति नौ बजे उनलाई होस्टेल पुर्याइदिएर म घर फर्किएँ। भेटघाटपछि भने हाम्रो सम्बन्धको उडानले टेक–अफ गर्यो। उडानले उचाइ लिइरहँदा हामीले घुम्न र मोजमस्ती गर्न सायद कुनै कसर बाँकी राखेनौं। काठमाडौं वरिपरिका पार्क, डाँडा, जंगल, तालतलैया, मठमन्दिरदेखि सहरभित्रका रेस्टुराँ, सिनेमा हल, नाटक घरहरू हाम्रो डेटिङ्का गन्तव्य बनिसकेका थिए। प्रेमको रसपानमा भुलिएर एक वर्ष बितेको पत्तै भएन।

एक दिन उनले आफू होस्टेलमा बस्न नसक्ने भन्दै सँगै बस्ने प्रस्ताव गरिन्। म आफन्तकोमा बस्थें। सँगै बस्ने भए हामीले छुट्टै बस्ने व्यवस्था मिलाउनु पर्ने हुन्थ्यो। त्यसो गर्नु भनेको हामीले बिहे गर्नु सो सरह हो। बिहे गर्ने कुरामा न म तयार थिएँ न उनी। एकाध वर्ष होस्टलमै बस्न र पढाइ सकिने बित्तिकै काम गरौंला अनि सँगै बसौंला भनेर मैले सम्झाई रहें। तर उनले आफ्नो ढिपी छोड्दै छोडिनन्।

मप्रति मेरो परिवारको सपना थियो, परिवारप्रति मेरो दायित्व। उनको पनि त्यही हो। यति ठूलो निणर्य निक्कै सोच विचार गरेर लिनुपर्छ भनेर उनलाई बारम्बार सम्झाई रहें। जति कुरा गरे पनि अन्तिममा उनको एउटै भनाई हुन्थ्यो– कि मलाई छोड कि सँगै राख।

म बडो संकटमा परेँ। न उनलाई छाड्न सक्थें न परिवारलाई म बिहे गर्छु भन्न नै सक्थें। पढाई सकिएको थिएन। काम गरेको थिइनँ। घरबाट पैसा मागेर भागी बिहे गरेर बस्न मेरो मनले मानेन। मनले एकथोक भन्थ्यो, दिमागले अर्को थोक। मैले धेरै रात एकान्तमा मन र दिमाग बीचको द्वन्द्वको सामना गरिरहें। उनी हरेक बिहान ‘एस’ र ‘नो’ मा निर्णय माग्थिन्। म हरेक दिन थप एक रात सोच्न समय माग्थें। सोचेर धेरै चिसा रातहरू बिताएपछि मैले निर्णय लिएँ जुन मैले एक वर्ष अगाडि आफैंले लेखेको आर्टिकल जस्तै थियो– लिभिङ टुगेदर विथ भविशा।

परिवारलाई होस्टेल बस्छौं भन्ने झूट बोलेर विशालनगरमा हामी गोप्य रूपमा लिभिङ टुगेदरमा बस्न थाल्यौं। सँगै आ–आफ्नो पढाइलाई निरन्तरता पनि दियौं। दिनहरू राम्रै बित्तै गए। बिहानहरू उमंग लिएर उदाउँथे। साँझहरू रंगिन बनेर अस्ताउँथे। खुसी खुसीमा तीन वर्ष कति चाँडै बित्यो हामीलाई पत्तै भएन। यसैबीच बिबिए सकाएर मैले एक कर्मसियल बैंकमा काम सुरू गरें, उनले इन्जिनियरको रूपमा एक हाइड्रोपावर कम्पनीमा काम सुरू गरिन्। काम गर्दै मास्टर्स डिग्री पढ्ने योजना बनाएका थियौं। समय सोचे जस्तै नै चल्दै थियो। अब हामी बिहे गर्ने निणर्यमा पुग्नुपर्छ भन्ने पनि सल्लाह हुँदै थियो।

एक साँझ डिनरपछि छिट्टै उनले बेडमा बोलाइन्। सितिमिति ११ बजे अघि हामी बेडमा जाने चलन थिएन। आज नौ बजे नै किन बोलाइन्रु भन्नेमा मैले केही अनुमान भने लगाइसकेको थिएँ। केही दिनदेखि उनले मसँग केही गम्भीर कुरा भन्न खोजिरहेको छिन् तर भन्न सकिरहेकी छैन भन्ने मलाई महशुस भइरहेको थियो। अलि ठूलै कुरामा सरसल्लाह गर्नु पर्यो भने बेड टाइममै गर्ने उनको बानी थियो। आज पनि केही गम्भीर कुरा छ भन्ने मेरो अनुमान गलत थिएन। हामी बेडमा गयौं।

‘सुन न..... तिमीलाई थाहै छ, मैले मास्टर्स अब्रोडबाट गर्ने योजना बनाएको कुरा। बाहिरबाट मास्टर्स गर्यो भने धेरै राम्रो हुन्छ। घरबाट पनि त्यही भनिसिन्छ। तिमी पनि उतैबाट मास्टर्स गर्नू। हामी सँगै बाहिर जाऔं न।’ उनले मेरो कपाल सुम्सुमाउँदै बडो मायालु पाराले प्रस्ताव राखिन्। उनको यो प्रस्ताव पहिलो पटक थिएन। धेरै पटक मैले अस्वीकार गर्दै आएको थिएँ। मैले जति पटक ‘नो’ भने पनि उनी मलाई फकाइरहन्थिन्। एक दिन कन्भिन्स हुन्छ भन्ने उनको आशा थियो। मैले पनि धेरै पटक असहमति राखेपछि उनले त्यो योजना रद्द गर्लिन् भन्ने मेरो आशा थियो। अति नै भएपछि आज चाहिँ फाइनल कुरा गर्नु पर्यो भन्ने मनस्थितिमा म पुगें।

‘हेर भवि....., मैले धेरै पटक भनिसकें मेरो बाहिर जान मिल्दैन। म जान्नँ पनि। तिमी नगई नछोड्ने हो भने एक्लै जाऊ । पढाई सकेर आऊ। म कुरौंला,’ मैले मेरो तर्फबाट स्पष्ट भनें। थोरै पर सर्दै सिलिङ्तिर हेरेर भनिन्, ‘एक्लै जान त घरबाट दिसिन्न। तिमी नजाने भए मैले विकल्प सोच्नुपर्ने हुन्छ।’ हुन्छ, सोच.....’, मैले भनें, ‘मेरो कुनै अब्जेक्सन छैन।’ ‘तिमीले मेरो कुरा बुझेनौ जस्तो छ । म बाहिर बिहे गरेर जाने हो,’ उनले आँखा जुधाएरै भनिन्।

‘मैले तिम्रो सबै कुरा बुझेको छु। तिमीसँग संगत गरेकै चारवर्ष भयो। एउटै बेड शेयर गरेकै तीन वर्ष बित्यो। तिमीले के भन्न खोजेको भन्ने कुरा तिमीले आँ गर्दै म बुझ्छु। तिमीलाई जे ठीक लाग्छ गर। तिमी अरुसँग बिहे नै गरेर जाने भए पनि तिमी स्वतन्त्र छौ। तर हामी जुन रिलेसनले जसरी बसिरहेका छौं यो समान्य कुरा होइन। एकपटक ठण्डा दिमागले सोचेर मात्र निणर्य लिनू। यो विषयमा मैले भन्ने यति हो। फेरि पनि यो टपिकमा म कुरै गर्न चाहन्नँ,’ मैले कुरा टुंग्याएँ।

आँखाभरि टिलपिल आँसु पार्दै रुन्चे स्वरमा भनिन्– ‘ठीकै छ......आज आएर मलाई साथ दिएनौ। त्यसो भए भोलिबाटै हामी आ–आफ्नो बाटो लागौं। म यो घर छोड्छु। यति भनिसकेर उनी जुरुक्क उठेर वास रूम गइन्। यो विषयमा एकदिन ठूलै विवाद पर्छ भन्ने मलाई लागेको थियो। तर यही कुराले हामी छुट्टिनु नै पर्छ भन्नेसम्म चाहिँ मैले सोचेको थिइनँ। यो हदसम्मको सम्बन्ध एउटा योजना वा केही शब्दहरूले यति सजिलै टुंग्याउन सक्छ भन्ने पनि मलाई लागेको थिएन।

त्यो अन्तिम रात एउटै बेडमा हामी अपरिचित जस्तो भएर पटकपटक कोल्टे फेर्दै बितायौं। आँखामा झिपिक्क पनि निन्द्रा परेन। कोल्टो फेर्नु र डिम लाइटको मधुरो उज्यालोमा आक्कल झुक्कल आँखा जुध्नु बाहेक अरु थिएन। सदा मभन्दा दस पन्ध्र मिनेट भए पनि उनी अघि उठ्थिन्। हट लेमन बनाएर खुवाथिन्। आज उनलाई त्यो जाँगर चलेन। वा त्यो गरिरहन मन लागेन वा आवश्यक ठानिनन्. भगवान जाने।

म नियमित समयमै उठें। दुई कप हट लेमन बनाएँ। उनलाई पनि बेड छेउमै लगेर राखिदिएँ। खाना तयार गरें। आफू खाएँ, उनको भाग छोपी राखिदिएँ। खाना खाउन्जेल एक मनले भन्थ्यो बोलाएर खुवाउँ। फेरि अर्को मनले भन्थ्यो आ।।होस्। सँगै खाने बानी परेकोले होला एक्लै खान खासै मन लागेन। नरुच्दा नरुच्दै अलिकति खाएर म अफिस जाने तयारी गर्न लागें। उनी अझै मुख छोपेरै सुतिरहेकी थिइन्। तयार भएर म निस्किनै लाग्दा ढोकैनेर पछाडि आएर भनिन्, ‘म दिउँसो जान्छु..... सधैंको लागि। तिम्रो राम्रो होस्। सधैं खुसी देख्न पाउँ । लभ यु फरयभर !’

हजारौं सियोले मुटु घोचे जस्तैगरी ती शब्दले एकैपटक घोच्यो। आँखामा टिलपिलाएका आँसु बर्रर झरे। ती आँसु उनले नदेखुन् भनेर पछाडि नफर्की, एकशब्द नबोली म निस्किएँ। दिउँसो तीन बजेतिर टेक्स्ट आयो– ढोकाको चाबी तल छोडेको छु। म निस्किएँ।।। गुड बाई ! चार वर्षको स्मृतिमा डुबुल्की मार्दामार्दै छर्लङ्ग रात बित्यो। बिहानी सधैंझैं उसैगरी उदायो। तर नियमित बिहानीभन्दा आजको बिहानी मेरो लागि भिन्न थियो। मनमा उमंग थियो, उत्सुकता थियो। अनि थियो उनीसँग हुने भेटको व्यग्र प्रतीक्षा। आठ बज्नु अगावै अफिस पुगें।

‘गुड मर्निङ सर’ भन्दै प्रेक्षा क्याविनमा आइपुगी। ‘भविशालाई कति बजे बोलाएकी छौरु’ प्रेक्षालाई सोधें। ‘सवा आठ’ घडी हेरें। आठ बजेको रहेछ। अनयासै बोलेछु– अब पन्ध्र मिनेट बाँकी रहेछ। त्यो सुनेर प्रेक्षाले अलि ठूला आँखा बनाउँदै शंका गरेझै सोधी, ‘हजुर त काउन्ट डाउनमा हुनुहुन्छ तरु’ ‘साँच्ची।। एउटा कुरा मेरो मनमा लागिरहेको छ, सोधौं रु’ प्रेक्षाले हँसिलो मुहार बनाएर भनि। ‘भनन’– मैले स्वीकृति दिएँ।

‘हिजो यो क्लाइन्ट आएदेखि हजुरमा एक्कासी परिवर्तन देखेको छु। चिनजान को हो रु वा अरु केही..... ?’ मैले ऊतिर हेर्दै नहेरी जवाफ दिएँ, ‘त्यस्तो केही होइन।’ यो जवाफले उसको चित्त पक्कै बुझेको थिएन। कतिपय कुराहरू मैले नभने पनि मेरो मुड हेरेर अनुमान लगाइरहेकी हुन्छे। यो कुरामा पनि उसले जे अनुमान लगाएर मलाई जिस्काउने पारामा सोधेकी छ त्यो सत्य नै हो। फरक यति हो भविशा र म लिभिङ टुगेदर मै बसेको थियौं भन्ने अनुमान चाहिँ उसले पक्कै लगाएकी थिइन। थप केही नबोली एकछिन बसेर ऊ आफ्नो क्याबिनमा गई। यता म पटकपटक घडी हेर्दै भविशाको प्रतीक्षामा व्याकुल थिएँ।

त्यस दिन विशालनगरबाट हिँडेपछि उनीसँग आज भेट हुँदै थियो। तीन वर्षपछि। उनी हिँडेपछि मेरो जीन्दगीमा के–के भयो म सुनाउन चाहन्थें। उनको जीवनमा के–के भयो सुन्न चाहन्थें। मुख्य कुरा त उनले हिजो फाइलमा लेखेको डिप्रेशन शब्दले म उनलाई कतिबेला भेटौं भन्ने हालतमा पुगेको थिएँ। आठ बजेर पच्चिस मिनेट गयो, उनी आइपुगेकी छैनन्। पौने नौ।।।। नौ।।।। साढे नौ।।। दस बज्यो तर उनी आइनन्। पन्ध्र दिनदेखि नियमित आउनु पर्ने तीन जना क्लाइन्टको परामर्श सकाउँदा ११ बज्यो। अझै उनी नआएपछि प्रेक्षालाई मोबाइलमा कल गर्न भनें।

उनको मोबाइल स्वीच अफ रहेछ। मनमनै आफैंलाई सान्त्वना दिएँ– कतै काम पर्यो होला, भोलि आउलिन्। प्रतीक्षाको घडी मिनेटबाट घण्टा, दिन हुँदै हप्ता बित्यो। अहँ उनी आइनन्। न त मोबायल नै अन भयो। सामाजिक संजालतिर सर्च गरें। कतै फेला परेन। उनलाई चिन्ने एक दुई जना साथी थिए, उनीहरूलाई पनि केही जानकारी रहेनछ। केही नलागेपछि उनलाई अफिसमै कुर्नु बाहेक मसँग अर्को विकल्प थिएन।

पन्ध्र दिनपछि बिहान अफिस पुग्ने बित्तिकै प्रेक्षा हातमा पत्रिका बोकेर दौडिँदै मेरो कोठामा आई। स्याँ।। स्याँ‘ गर्दै आइपुगेकी उसले सासले नै भनि, ‘हेर्नु त सर यहाँ....’ ठूलो अक्षरमा लेखिएको ‘हार्दिक श्रद्धान्जली’ मुनि मुस्कुराइरहेको ठूलो फोटो र फोटोमुनि लेखिएको थियो स्व.भविशा कोइराला। (साभार)