तपाईको आजको दिन कति फलदायी ? हेर्नुस् राशिफल

तपाईको आजको दिन कति फलदायी ? हेर्नुस् राशिफल

मेषः कला र गलाको प्रभाव बढ्नेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ। बन्दव्यापार भने कमजोर रहला।

वृषः शुभकार्यको चर्चा चल्नेछ। घरमा अतिथिको आगमन हुनेछ। परिवारमा सुख सन्तोष छाउनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ। छुट्टिएका आफन्त वा साथीभाइसँग पुनर्मिलनको योग छ।

मिथुनः आतिथ्यपूर्ण सम्मान पाइएला। शुभ समाचार सुन्न पाइनेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। आहारविहारको भने ख्याल गर्नुहोला।

कर्कटः लाभ–हानि, सुख–दुःख बराबरी खालको दिन छ। ठूलो कारोबारमा लगानी नगर्दा बेस हुनेछ। स्वास्थ्यप्रति सजगता अपनाउन जरूरी छ। सामान हराउने वा चोरी हुने भय पनि छ। अतिथिको रूपमा सत्कार पाइनेछ।

सिंहः धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन्। प्रेम बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। सुखद र धार्मिक यात्राको योग छ।

कन्याः धार्मिक र सांस्कृतिक समारोहमा सरिक हुने सम्भावना छ। बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। प्रेमीसँग मधुर मिलन हुनेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ।

तुलाः पुनर्मिलनको योग रहेको छ। प्रतीक्षा गरिएको काम पूरा हुनेछ। परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। दिनको उत्तरार्धमा भने आफूलाई कमजोर भएको अनुभूति हुनेछ। रिसराग नियन्त्रण गर्न जरूरी छ।

वृश्चिकः आफ्नै हेलचेक्य्राइँले काममा उल्टो परिणाम आउन सक्छ। प्रेममा बाधाका साथै मन कमजोर रहला। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला, साँझमा नजिकको मित्रसँग भेटघाट हुनेछ।

धनुः कला र गलाको प्रभाव बढ्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। वित्तीय संस्थाबाट सहयोग पाइनेछ। प्रबल इच्छाशक्तिले लक्ष्यमा पुग्न सहयोग गर्नेछ। साथीहरूले अनावश्यक रूपमा अलमल्याउन सक्छन्।

मकरः मित्रबाट विशेष सहयोग मिल्नेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। पदोन्नतिको सम्भावना प्रबल छ। अतिथिको रूपमा सत्कार पाइन सकिनेछ। कसै(कसैका लागि सन्तान प्राप्ति र सन्तानबाट प्रसन्नता छाउनेछ।

कुम्भः अरूलाई प्रभावित पारेर काम बन्नेछ। रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा फाइदा हुनेछ। मनोरञ्जनमा सहभागी भइएला। प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। टाढिएका मित्रसँग नजिकिने समय छ।

मीनः अविश्वास उत्पन्न हुन सक्छ। परिवारमा झै(झमेलाको अवस्था आउला। महत्त्वहीन र बेकारका काममा समय नबिताउनु होला। अल्छी लागेमा धार्मिक या दार्शनिक पुस्तक पढ्दा राम्रो हुन्छ, त्यसले नयाँ विचार र विवेक बढेर जानेछ।