योगेश भट्टराईले भनेः एकीकृत समाजवादी अवैध सम्बन्धबाट जन्मिएको पार्टी हो

योगेश भट्टराईले भनेः एकीकृत समाजवादी अवैध सम्बन्धबाट जन्मिएको पार्टी हो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) पार्टी अवैध सम्बन्धबाट जन्मिएको संज्ञा दिएका छन् । 

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले एमालेको महाधिवेशनमा प्रमूख पार्टीहरुलाई बोलाउने तर अवैध सम्बन्ध गर्भाधारणबाट जन्मिएका पार्टीलाई नबोलाउने स्पष्ट पारे । उनले एकीकृत समाजवादीतिर संकेत गर्दै उनले भने, ‘जसको पहिचान र ठेगाना स्पष्ट स्पष्ट छैन, त्यस्ता अवैध सम्बन्धबाट जन्मिएका पार्टीलाई एमालेको महाधिवेशनमा बोलाइनुपर्छ जस्तो लाग्दैन ।’

चितवनमा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन हुँदैन छ । उक्त महाधिवेशनमा प्रमुख राजनीतिक दलहरूलाई मात्र बोलाउने र अवैध सम्बन्धबाट जन्मिएको समाजवादी पार्टीलाई नबोलाउने उनले तर्क गरे । 

नेता भट्टराईले गठबन्धन सरकारका कारण मुलुकमा संविधान मिचिएको र संवैधानिक अंगहरूमाथि हस्तक्षेप भएको भन्दै सरकारले संवैधानिक अंगहरूमा स्वेच्छाचारिताको गम्भीर प्रश्न उठेको बताए । उनले शक्तिहरूको स्वार्थमा देशमा राजनीतिक अस्थिरता पैदा गरेको आरोप लगाए ।