नेपाल सुपर लिग : पोखरालाई हराउँदै ललितपुर फाइनलमा

नेपाल सुपर लिग : पोखरालाई हराउँदै ललितपुर फाइनलमा

काठमाडौं । ललितपुर सिटी एफसी नेपाल सुपर लिगको फाइनलमा प्रवेश गरेको छ ।  बिहीबार भएको खेलमा पोखरा ठन्डर्सलाई २-१ गोल हराउँदै ललितपुर फाइनलमा प्रवेश गरेको हो । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा पहिलो हाफमै १० खेलाडीमा सिमित ललितपुरले खेलको ललितपुरले जित निकाल्न सफल भएको हो । 

खेलको ३३ औं मिनेटमा निखिल कदमले रातो कार्ड पाएपछि ललितपुर १० खेलाडीमा समेटिएको थियो । ललितपुरका लागि पहिलो हाफको इन्ज्युरी समयमा इमोह इजेकेलले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । 

पोखराका लागि ७१औं मिनेटमा पापा अनोरले बराबरी गोल फर्काए । निर्धारित समयमा खेल एक एक गोलमा सकिएपछि खेल निर्धारित समयमा गएको थियो । खेलको ९९ औं मिनेटमा कुशल देउवाले गोल गर्दै ललितपुरलाई जित दिलाए ।  अब ललितपुरले धनगढीसँग उपाधिका लागि खेल्नेछ ।