नेप्सेमा ५४ अंकको बढोत्तरी, कारोबार रकम ८ अर्ब माथि

नेप्सेमा ५४ अंकको बढोत्तरी, कारोबार रकम ८ अर्ब माथि

काठमाडौं । सेयर बजार कारोबार मापक नेप्सेमा मंगलबार ५४ अंकको बढोत्तरी भएको छ।बैंकहरूले ब्याजदर घटाएपछि सेयर बजार २.५७ प्रतिशत अर्थात् ५४.५४ अंकले बढेर २१७५.१७ बिन्दुमा पुगेको छ। 

यो ६ महिना यताकै उच्च बिन्दु हो । साउन ८ मा नेप्से २२ सय विन्दु पुगेको थियो।  कारोबार रकम पनि ८ अर्बभन्दा धेरै पुगेको छ। २ करोड ३३ लाख ७० हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २ करोड ३८ लाख ६२ हजार ४ सय ६ रुपैयाँको कारबोर भएको हो।

यो एक वर्ष यताकै सर्वाधिक कारोबार रकम हो । यसअघि २०७९ पुस २६ गते ७ अर्ब ६५ करोडको कारोबार भएको थियो। कारोबारमा आएकामध्ये २ सय १४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ कम्पनीको मूल्य घटेको छ। दुई कम्पनीको मूल्य भने परिवर्तन भएको छैन। 

 बुटवल पावर कम्पनी, युनाइटेड मोदी, हिमालयन पावर पार्टनर, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल वेयरहाउजिङ कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, मकर जितुमाया हाइड्रो, दिव्यश्वरी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, माथिल्लो तामाकोसी, ङादी ग्रुप, हिमालयन रिइन्स्योरेन्स, तेह्रथुम पावर र सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ।