यस्तो छ तपाईँको आजको राशिफल

यस्तो छ तपाईँको आजको राशिफल

मेषः रोकिएका महत्त्वपूर्ण कामको थालनी हुन सक्छ। सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। शैक्षिक र प्राविधिक क्षेत्रका काम सहजै सम्पन्न हुनेछन्।

वृषः दैनिक कार्यमा प्रगति हुनेछ। समाजिक कार्यमा मन जाला। घरमा अतिथिको आगमन हुनेछ। छोटो दूरीको लाभदायक यात्रा रहला। शुभकार्यको चर्चा चल्नेछ। साँझमा सहकर्मीबाट विरोध आउन सक्छ।

मिथुनः क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ। खर्चको मात्रा वृद्धि हुन सक्छ अतः सचेत रहनु होला। अभिभावकको सल्लाहअनुरूप चल्न सके राम्रो हुन्छ। अधुरा वैदेशिक कार्य सहजै अघि बढ्नेछन्।

कर्कटः धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ। अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। रमाइलो र यादगार यात्रा हुनेछ।

सिंहः दिन भाग्यशाली भएर देखा पर्नेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। शुभ समाचार सुन्न पाइएला। प्राविधिक क्षेत्रमा विशेष रुचि बढ्नेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। पुनर्मिलनको योग रहेको छ।

कन्याः नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। प्रेमी र प्रेमिकाबाट विशेष सहयोग मिल्नेछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। धार्मिक क्षेत्रमा राम्रो सफलता मिल्न सक्छ।

तुलाः क्रोध, प्रतिशोध, रिसराग र उत्तेजनालाई नियन्त्रण गर्नु राम्रो हुनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आज जे काम गर्नुहुन्छ होसियारीपूर्वक गर्नुहोला। साँझमा शुभ समाचार मिल्नेछ।

वृश्चिकः सामूहिक तथा रमाइलो यात्रा हुनेछ। सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ। पुरानो समस्या सुल्झाउन सकिनेछ। मीठो मसिने भोजन लिने अवसर आए पनि स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ।

धनुः जुक्तिको प्रयोग गर्न सके एकपछि अर्को अवसर आउनेछ। आजबाट नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ।

मकरः एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। वैदेशिक क्षेत्रमा गरिएका कार्यले अन्ततः फाइदा नै पुर्‍याउनेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। लक्ष्मी प्रसन्न हुने योग छ।

कुम्भः लाभ(हानि, आय)व्यय, सुखदुःख बराबरी खालको दिन छ। निर्णायक क्षमतामा कमी आउनेछ। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। साँझमा क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खुल्नेछ।

मीनः स्वादिष्ट भोजनको विशेष अवसर मिल्नेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। पारिवारिक जमघटको वातावरण बन्ला। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।