श्रीमतीको हत्या गरेर प्रहरीमा आत्मसमर्पण

श्रीमतीको हत्या गरेर प्रहरीमा आत्मसमर्पण

काठमाडौं । काठमाडौं महानगरपालिका–६ भूगोलडाँडामा एक युवकले श्रीमतीको हत्या गरें भन्दै प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ घर भई भूगोलडाँडा डेरा गरी बस्ने ३५ वर्षीय सन्तोष परियारले बुधबार प्रहरी वृत्त बौद्धमा आत्मसमर्पण गरेका हुन् ।

उनले आफूले श्रीमती ३५ वर्षीया अनिशा चाहारको हत्या गरेको प्रहरीलाई बताएका छन् । सन्तोषले मंगलबार राति १ बजेतिर श्रीमतीलाई कुटपिट गर्दा मृत्यु भएको बताएका प्रहरी वृत्त बौद्धका एक अधिकारीले जानकारी दिए ।