गुल्मीमा घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु

गुल्मीमा घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु

गुल्मी । गुल्मीमा घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ।  रेसुङ्गा नगरपालिका –२ छापटोलाकी ४३ वर्षीय खुमकला थापाको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता तथा नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए।
                         
मृतक थापा बिहीबार श्रीमानसँगै घाँस काट्न रेसुङ्गा नगरपालिका –३ दहडाँडामा गएकी थिइन्। दिउँसो ४ बजे घाँस काट्ने क्रममा लडेपछि उनलाई उपचारको लागि तम्घासस्थित गुल्मी अस्पताल ल्याइएको थियो। उपचारको क्रममा अस्पतालले थापालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।