एमाले नेताबाट किशोरी बलात्कृत

एमाले नेताबाट किशोरी बलात्कृत

काठमाडौँ काठमाडौँको ठमलेस्थित एक होटलमा १९ वर्षीया किशोरीमाथि बलात्कार भएको छ। ठमेलको सञ्चयकोश नजिकै रहेको होटलमा गत वैशाख १९ गते आफूमाथि बलात्कार भएको भन्दै पीडित किशोरीले दरबारमार्ग वृत्तमा उजुरी दिएकी छिन्। 

दोलखाका एमाले नेता समेत रहेका विदुर शर्माबाट आफू बलात्कारमा परेको ती किशोरीले जाहेरीमा उल्लेख गरेकी छिन्। साथै, उनले जागिरको प्रलोभन देखाएर आफूलाई बलात्कार गरिएको समेत जाहेरीमा उल्लेख गरेकी छिन्। 

अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार, शर्मा अहिले फरार छन्। उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसरका ती अधिकारीले  जानकारी दिए। प्रहरीको प्रारम्भिक अनुसन्धानमा शर्माले युवतीलाई होटलमा लिएर गएको दृश्य सीसीटीभी क्यामेरामा कैद भएको छ। पीडक भनिएका शर्मा नेकपा एमाले दोलखाका नेता हुन्। उनी पार्टीको गत अधिवेशनमा एमालेको जिल्ला उपसचिवको उम्मेदवार थिए।