प्रधानमन्त्री प्रचण्ड र जापानी विदेशमन्त्री कामिकावाबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र जापानी विदेशमन्त्री कामिकावाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री  प्रचण्ड र  जापानका विदेश मन्त्री कामिकावा योकोबीच भेटवार्ता भएको छ। एक दिने नेपाल भ्रमणमा आएकी जापानी विदेश मन्त्रीले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेकी हुन्।

भेटमा उनीहरूबीच दुई पक्षीय हितका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा जापानी विदेशमन्त्री आज काठमाडौं आएकी हुन्। प्रधानमन्त्री प्रचण्ड भेट्नुअघि उनी काठमाडौँको वसन्तपुर क्षेत्रको अवलोकन गरेकी थिइन्।  त्यहाँ उनले कालभैरव,हनुमानढोका र नेपाली सांस्कृतिक सम्पदा तथा वस्तुहरुको अवलोकन गरेकी थिइन्। अवलोकनपछि उनले बुद्धको मूर्ति खरिद गरिन् ।

उनले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। आजै उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठसँग मन्त्रालयमा भेटघाट र द्विपक्षीय वार्ता गर्ने कार्यसूची छ। परराष्ट्र मन्त्री श्रेष्ठले उनको सम्मानमा रात्रिभोज दिँदैछन्। 

जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो । विदेशमन्त्री कामिकावा भ्रमण सम्पन्न गरी आजै राति नेपाल वायु सेवाको विमानमार्फत जापानका लागि प्रस्थान गर्ने कार्यक्रम छ ।