आईपीएलमा चेन्नईले सहजै हरायो पन्जाबलाई

आईपीएलमा चेन्नईले सहजै हरायो पन्जाबलाई

काठमाडौं । चेन्नई सुपर किंंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ५३औं खेलमा उत्कृष्ट बलिङका साथ पन्जाब किंग्सलाई २८ रनले हराएको छ । यो जितले चेन्नईको प्लेअफ सम्भावना बढाएको छ ।

१६७ रनको लक्ष्य पछ्याउको पन्जाबले २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनायो । पन्जाबका प्रभशिम्रन सिंहले २३ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३० रन बनाए ।

जोनी बेयरस्टो ७, राइली रोसोऊ शून्य, शशांक सिंह २७, साम करन ७, हरप्रित ब्रार १७, हर्षल पटेल १२ र राहुल चाहरले १६ रन बनाए । चेन्नईका रवीन्द्र जडेजाले ३, तुषार देशपाण्डे र सिमरजीत सिंहले २र२ विकेट लिए । मिचेल सान्टनार र शार्दुल ठाकुरले १र१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा ९ विकेट गुमाउँदै १६७ रन बनाएको थियो ।

रवीन्द्र जडेजाले २६ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४३ रन बनाए । ओपनर ऋतुराज गायकवाड ३२, डर्याल मिचेल ३०, अजिंक्या रहाणे ९, मिचेल सान्टनार ११, मोईन अली र शार्दुल ठाकुरले १७-१७ रन बनाए ।

पन्जाबका राहुल चाहर र हर्षल पटेलले ३-३ विकेट लिए । अर्शदीपसिंह २ र साम करनले १-१ विकेट लिए ।

चेन्नई ११ खेलमा ६ मा जित र ५ मा हारसहित १२ अंकका साथ तेस्रो स्थानमा छ । पन्जाब ११ खेलमा ४ मा जित र ७ मा हारसहित ८ अंकका साथ आठौं स्थानमा छ ।

राजस्थान १० खेलमा ८ मा जितसहित १६ अंकका साथ शीर्ष स्थानमा छ । कोलकाता १० खेलमा ७ मा जितसहित १४ अंकका साथ दोस्रो स्थानमा छ ।