खुकुरी प्रहार गरी बैंकका सुरक्षा गार्डको हत्या

खुकुरी प्रहार गरी बैंकका सुरक्षा गार्डको हत्या

सप्तरी । सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ। सप्तकोशी नगरपालिका १ फत्तेपुरस्थित शाखामा कार्यरत सुरक्षागार्डको बिहीबार बिहान करिब सवा ६ बजेतिर शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी ढुण्डिराज न्यौपानेले बताए।

फत्तेपुर  २ का ५५ वर्षीय परशुराम फुँयालको खुकुरी प्रहारबाट हत्या भएको डीएसपी न्यौपानेले बताए। घटनाबारे थाहा पाएपछि अहिले अनुसन्धानका लागि त्यहाँ पुगेको न्यौपानेले बताए।

सुरक्षा गार्ड फुयाँल राति ड्युटीमा थिए। हत्या कसले र किन ग¥यो भन्ने खुलिसकेको छैन। थप अनुसन्धान गरिरहेको सप्तरी प्रहरीले जनाएको छ।