प्रेम गीतसँग मेरो फिल्म जुध्नै सक्दैन : पूजा शर्मा

प्रेम गीतसँग मेरो फिल्म जुध्नै सक्दैन : पूजा शर्मा

काठमाडौं : अभिनेत्री पूजा शर्मालाई यति बेला फिल्म म यस्तो गीत गाँउछु-२ को सुटिङमा व्यस्त छिन्। सुटिङ चलिरहदा पूजा शर्मा र आकाश श्रेष्ठ आगामी फिल्म मन परेसी पर्‍यो पर्‍योुमा अनुबन्धन भएको खवर सार्वजनिक भयो। उक्त फिल्म प्रदिप खड्का स्टार प्रेम गीत ३ सँग जुध्ने पनि भनिएको थियो। तर पूजाले त्यो समाचारको खण्डन गर्दै स्टाटस लेखेकी छिन्।

उनले लेखेकी छिन्,जीन्दगीमा म सबै फिल्मसँग जुध्न सक्छु होला तर मेरो आफ्नै प्रोजेक्ट, मेरो एउटा अट्याच्मेन्ट भएको फिल्म हो। न मैले साइन गर्‍या छु, न मैले हुन्छ भन्या छु, कृपया पहिला मलाई सोध्नुस्।ु

फिल्म प्रेम गीतको पहिलो संस्करणकी अभिनेत्री हुन् पूजा। सोही फिल्मबाट पूजाको चर्चा सुरु भएको थियो। तर, फिल्म प्रदर्शनपछि निर्माता सन्तोष सेन र निर्देशक सुदर्शन थापाबीच सम्बन्ध चिसिएको थियो। जसका कारण थापा निकट पूजा पनि फिल्म युनिटबाट टाढिइन्। त्यस यता फिल्मको हरेक सिक‍्वेलमा अभिनेता प्रदीप खड्का दोहोरिएका छन्। तर, पूजालाई फिल्म युनिटले पुन लिएन।

प्रेम गीत ३ युनिट पनि छायांकनमा व्यस्त छ। फिल्म आगामी चैत २८ मा रिलिज गर्ने टार्गेट गरिएको छ।