अलु अर्जुनको फिल्ममा अभिनेत्रीले मागिन १ करोड ।

अलु अर्जुनको फिल्ममा अभिनेत्रीले मागिन १ करोड ।

एजेन्सी: साउथ इन्डियन सुपरस्टार अलु अर्जुनले अब आउन लागेका अला वैकुन्ठपुरामुलो फिल्मकालागि काजल अग्रवाल उपयुक्त हुने बताएका छन् । फिल्ममा रहेको आइटम गीतमा अलुले काजललाई कास्ट गर्न चाहेको बताएका छन् ।

यता फिल्मका निर्देशक त्रिविक्रम श्रीनिवासले भने अनुसुया भारद्वाज वा रश्मिलाई आइटम गीतमा कास्ट गर्न खोजेका छन् । आइटम डान्सकालागि काजलले एक करोड भारतीय रुपैयाँ माग गरेपछि निर्देशक काजललाई लिन पछि हजेको बुझिएको छ ।

यता सुपरस्टार अलु अर्जुनले भने काजललाइनै गीतमा कास्ट गर्ने मनसाय राखेका छन् । उनले काजललाई समावेश गर्नकालागि निर्देशकसँग छलफल गरिरहेको समाचार सूत्रले जनाएको छ ।