अस्पतालमा मृतक श्रीमती छाडेर श्रीमान बेपत्ता

अस्पतालमा मृतक श्रीमती छाडेर श्रीमान बेपत्ता

गाईघाट : जिल्ला अस्पताल उदयपुरमा आइतबार बिहान श्रीमतीलाई प्रसूति व्यथा लागेपछि उपचार गर्न आएका प्रेम बुढाथोकीअस्पतालमा श्रीमतीको मृत्यु भई सक्दा पनि अझै बेपत्ता छन् ।

श्रीमतीको शरीरमा हेमोग्लोबिन कम भई प्रसूति गराउन खतरा रहेकाले जिल्ला बाहिर लान अथवा छिटो रगत लिएर आउन चिकित्सकले सल्लाह दिएपछि खर्च खोज्न हिँडेका बुढाथोकी अझैसम्म नआएको जिल्ला अस्पताल उदयपुरका प्रमुख डा विजय मेहताले बताउनुभयो ।श्रीमतीको शरीरमा रगतको कमी साथै खर्चको अभाबले मृत्यु भएको डा मेहताले बताए ।

बुढाथोकी र मृतकका आफन्तको खोजीमा प्रहरी र अस्पतालका सबै कर्मचारी लागेको अस्पतालका कर्मचारी बताउँछन् । आइतबार बेलुकी मात्र मृतक खोटाङ जिल्ला दिक्तेल मझुवागढी रुपाकोट नगरपालिका दिक्तेलका टङ्कप्रसाद आचार्यकी छोरी भएको खुलेको छ ।

गाईघाट डिएम गेटका कृष्ण राईका अनुसार अनुसार सो दम्पती त्रियुगा नगरपालिका १२ डिएमगेटको एक घरमा डेरा लिएर बस्दै आएको थियो । भागी बिहे गरेको र श्रीमानले श्रीमतीलाई कोठामा राखेर श्रीमान् अन्यत्र बस्ने गरेका कारण स्थानीय छिमेकीले समेत दुवैका बारेमा राम्ररी जानकारी नभएको बताउछन् ।मृतकको सब बुझन निजका बुबालाई खबर गरेर बोलाइएको जिल्ला अस्पतालका प्रमुख डा मेहताले बताउनुभयो ।