नम्बर नखुलेको सवारी साधनले ठक्कर दिदा एक मृत्यु

नम्बर नखुलेको सवारी साधनले ठक्कर दिदा एक मृत्यु

चितवन : भरतपुर महानगरपालिका–२९ खहरे पुल नजिक सवारीको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया मगरणाडी–५ का ३३ वर्षीय सन्तराम थारु रहेको प्रहरीले जनाएको छ ।

आज बिहान करिब ४ बजेको समयमा थारुलाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको थियो । ठक्करबाट घाइते थारुको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान ४ः५५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ठक्कर दिने साधन र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।