पुरूष ट्रायथोलनमा भारतलाई स्वर्ण नेपाललाई कास्य

पुरूष ट्रायथोलनमा भारतलाई स्वर्ण नेपाललाई कास्य

काठमाडौं: १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत सोमबार पोखरामा भएको पुरूष ट्रायथोलनमा नेपालले कास्य पदक जितेको छ । स्वर्ण पदक भने भारतको पोल्टामा परेको छ ।

नेपालका लागि नितेश मानन्धरले काष्य पदक दिलाएका हुन् । पोखरा लेकसाइडमा भएको प्रतियोगितामा भारतका आदर्शमान सिनामोलले स्वर्ण पदक जितेका छन् । रजत पदक पनि भारतकै अर्का खेलाडी विश्वजीत सकिमको पोल्टामा परेको छ ।
गौरी घाटबाट सुरु भएको ट्रायथोलनमा खेलाडीहरुले ७५० मिटर पौडी, २० किलोमिटर साइकल र ५ किलोमिटर दौड पूरा गरेका थिए ।