बागलुङ जीप दूर्घटना : ज्यान गुमाएका १४ जनाकै परिचय खुल्याे

बागलुङ जीप दूर्घटना :  ज्यान गुमाएका १४ जनाकै परिचय खुल्याे

काठमाडौं : बागलुङको बडिगाडमा जीप दुर्घटनामा ज्यान गुमाएका १४ जनाकै परिचय खुलेको छ ।ज्यान गुमाउनेमा जीप चालक गुल्मीको इश्मा गाउँपालिका ५ का २५ वर्षीय रेशम थापासहित माया थापा, बसुन्धरा कार्की, इश्मा ४ का ४० वर्षीया सिता कार्की, उहाँकी २ वर्षकी छोरी अनुसा कार्की, ६५ वर्षीय झवि कार्की, ४० वर्षका महेन्द्र कार्की, भूमि कार्की, सूचना कार्की, २५ वर्षीया मिना बस्नेत छन् ।

यस्तै, गुल्मीको इश्मा गाउँपालिका ४ का ६५ वर्षीय धनबहादुर कार्की, नवलपरासी बर्दघाट नगरपालिका १ का ६० वर्षीय मुमा कार्की, बागलुङ बडिगाड गाउँपालिका ७ का ५५ वर्षीया नरमाया खत्री र कञ्चनपुरका ५५ वर्षका धनबहादुर कार्कीको पनि दुर्घटना ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि गम्भीर घाइते हुनेहरुमा नवलपरासी बर्दघाट नगरपालिका २ बस्ने २१ वर्षीय जीवन कार्की, गुल्मी इश्मा गाउँपालिका(४ बस्ने मृतक सूचना कार्कीका ४ वर्षीय छोरा हिमाल कार्की र २४ वर्षीया निमा केसी रहेका छन् ।

नाबालक हिमाल र निमाको अवस्था गम्भीर छ । घाइते तिनै जनालाई ढोरपाट स्थित बुर्तिबाङ अस्पतालमा सामान्य उपचारपश्चात हेलिकप्टर मार्फत थप उपचारका लागि काठमाण्डौ पठाइएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले बताए । गुल्मीको इश्मा गाउँपालिका ५ दोहोली रिप कैयापाटाबाट कूल पूजाका लागि बागलुङको निसीखोला गाउँपालिकाका लागि छुटेको ग १ ज ५२१९ नम्बरको जीप मध्यपहाडी लोकमार्गमा पर्ने बागलुङको बडीगाड गाउँपालिका–७ मा दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख नवराज भट्टले जानकारी दिए ।