महोत्तरीको माईस्थानमा पिकअप भ्यान दुर्घटनाहुँदा , २ को मृत्यु १६ जना घाईते

महोत्तरीको माईस्थानमा पिकअप भ्यान दुर्घटनाहुँदा , २ को मृत्यु १६ जना घाईते

जनकपुरधाम : पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको माईस्थानमा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । गढीमाई मेलाबाट फर्कंदै गरेको ना ५ च १२२७ नम्बरको पिकअप भ्यान अनियन्त्रित भएर बुधबार बिहान ४ बजेदुर्घटना भएको हो ।

दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा धनुषाको धनुषाधाम नगरपालिका २ बस्ने ८० वर्षीया सकुन्तलादेवी साह र भारतीय नागरिक ६५ वर्षीया बर्तनीया देवी महतो रहेका छन् ।

उनीहरूको बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचारको क्रममा ज्यान गएको महोत्तरी प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइतेलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।