सडक विस्तार गर्ने क्रममा एक्स्काभेटर चालकमाथि सांघातीक आक्रमण

सडक विस्तार गर्ने क्रममा एक्स्काभेटर चालकमाथि सांघातीक आक्रमण

काठमाडौं : सडक विस्तारको काम गर्दा गोदावरीमा एक्स्काभेटर चालक कुटिएका छन् । गोदावरीचौरबाट हरिसिद्धीतर्फ ३ किलोमिटर सडक खण्डको ठेक्का पाएको लामा(समामान्तर जेभीका कन्टसनका एक्स्काभेटर चालक सन्तोष कोइराला कुटिएका हुन् ।

सडक विस्तार पीडित संघर्ष समितिको नाममा आएको समूहले एक्स्काभेटरसँगै चालकमाथि पनि ढुंगामुडा र कुटपिट गरेपछि विस्तारको काम रोकिएको छ । चालकमाथि संघातिक आक्रमण गरिएको भन्दै निर्माण कम्पनीले जिल्ला प्रशासन कार्यालयसँग सुरक्षा मागेको छ ।

कुटपिटबाट घाइते एक्स्काभेटर चालकको हात भाँचिएको छ । उनलाई मेडिसीटी हस्पिटल लगिएको थियो । उनको मेडिसिटीमा उपचार हुन नसकेपछि थप उपचारका लागि बीएन्डबी लैजाने तयारी गरिएको समानान्तार जेभीका अच्युत खरेलले बताए ।