कलङ्की–महाराजगञ्ज सडक विस्तारको काम सुरु

कलङ्की–महाराजगञ्ज सडक विस्तारको काम सुरु

काठमाण्डौ : चीन सरकारको सहयोगमा चक्रपथको दोस्रो चरणको विस्तारका लागि कलङ्की–महाराजगञ्ज सडकमा तयारीका काम शुरु गरिएको छ । यस सडकमा रुख काट्ने, विद्यु्तका पोल सार्ने, खानेपानीका पाइप सार्नेलगायतका आवश्यक तयारीका काम भइरहेका छन् ।

सडक पहिले खाली गराएपछि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० गरेर निर्माणको काम शुरु हुने सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताए । कोटेश्वर–कलङ्की सडक निर्माणका क्रममा विभिन्न अवरोध आएकाले यस सडकको निर्माण शुरु पहिले नै सबै अवरोध हटाउन लागिएको हो ।

सडकको अधिकार क्षेत्रमा रहेका रुख काट्ने काम भइरहेको र विद्युत् प्राधिकरणले झन्डै ४ सय पोल पोल त्यहाँबाट सारिरहेको थापाले बताए। उहाँका अनुसार । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० मार्फत खानेपानीका पाइप सार्ने काम भइरहेको छ । विभिन्न स्थानमा गरी २२ घर सडक निर्माण गर्ने स्थानमा रहेका प्रमुख थापाले बताए। सो घरको अधिग्रहणका लागि मूल्याङ्कनको काम भइरहेको छ ।

त्यसैगरी सस्वयम्भू, ठूलो भ¥याङ, महाराजगञ्ज चोकलगायतका स्थानमा सडक छेउमा संरचना हटाउनुपर्ने देखिएको छ । भूकम्प पहिले नै कोटेश्वर–कलङ्की सडक विस्तारको काम शुरु भए पनि भूकम्प र त्यसपछि नाकाबन्दीका कारण समयमै निर्माण सम्पन्न हुन सकेको थिएन । सडकमा रहेका खानेपानीका पाइप, ढल, विद्युत्का पोल र रुख समयमै हटाउन नसकिएकाले पनि काममा बाधा पुगेको थियो ।

झण्डै आठ किलोमिटर लम्बाइको आठ लेनको सडकमा कोटेश्वर–कलङ्की सडक विस्तारका लागि सरकारले आगामी चैतसम्ममा सडक हस्तान्तरण गर्ने गरी तयारी गरिरहेको हो । पहिलो चरणको विस्तार ९कोटेश्वर–कलङ्की० सडकमा रहेको कमीकमजोरी हुन नदिने गरी डिजाइन गरिएको सडक विभागले जनाएको छ ।