प्रधानमन्त्री ओली अस्प्तालबाट डिस्चार्ज

प्रधानमन्त्री ओली अस्प्तालबाट डिस्चार्ज

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली १० दिन लामो उपचारपछि बिहीबार दिउँसो अस्प्तालबाट डिस्चार्ज भएका छन्।  महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरबाट बिहीबार दिउँसो साढे ३ बजे उनी डिस्चार्ज भएका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।  

ओलीको स्वास्थ्य अवस्था अपेक्षाअनुरूप सुधार भएको निचोडसहित चिकित्सकहरुले प्रम ओलीलाई डिस्चार्जको निर्णय लिएका हुन्।

एपेन्डिसाइटिस पाकेर पेटमा संक्रमण हुँदा गत मंसिर १० गते प्रधानमन्त्री ओलीको शल्यक्रिया गरिएको थियो। मनमोहनको आईसियुमै प्रम ओलीको मिर्गौलाको पनि नियमित डायलाइसिस गरिएको थियो।