उठ्दै छ धरहरा (फोटो फिचर )

उठ्दै छ धरहरा  (फोटो फिचर )

काठमाडौँ : नेपालको इतिहास बोकेको काठमान्डुको धरहरा यति बेला पुनः निमार्ण भइरहेको छ । विसं २०७२ वैशाख १२ को भूकम्पले पूर्ण रूपमा क्षति पुगेको धरहराको पुनः निर्माण भने हुन सकेको छैन । विसं १८८२ मा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरीदेवीको सम्झनामा धरहरा बनाउन लगाएका थिए ।

एघार तले धरहरा विसं १९९० को भूकम्पले भत्काएको दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्धशम्शेरले नौ तले धरहरा पुनः निर्माण गराएका थिए । फेरी २०७२ मा भूकम्पका कारण ढलेको धरहरा उठ्न खोजी रहेको छ । गत २०७५ पुस १२ मा निमार्ण कार्य सुरु भए पनि हालसम्म करिब ३० प्रतिशत काम मात्र भएको छ ।

एक वर्ष बितिसक्दा पनि २२ तले धरहराको निमार्ण कार्य भने एक तलामै सीमित छ । दुई वर्षमा निमार्ण सम्पन्न गर्ने सहमति भए पनि निमार्ण कार्य कछुवाको गतिमा गइरहेको छ । सुरुमा स्थानीय बासिन्दाको अवरोधको कारण केही ढिलाइ भए पनि पछि सबै सहमति भएको थियो । यही गतिमा जाने हो भने अबको पाँच वर्षमा पनि धरहरा नबन्ने सरोकारवालाहरुको भनाइ छ ।

नेपाल र चिनियाँ निर्माण कम्पनी जिआइइटिसी–रमन जेभीसँग विसं २०७५ असोज १४ गते दुई वर्षमै धरहरा निर्माण गर्ने र विसं २०७७ असोज २१सम्म पार्किङलगायत सम्पूर्ण निर्माणको काम सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने सम्झौता भएको थियो । अहिले निर्माण कार्य जारी छ । हाल सम्म भएका कामलाई नेपालडेलीकर्मी जिवस परियारले क्यामेरामा कैद गरेका छन् ।

हेर्नुहोस् तस्बिरमा :