झापामा जंगली हात्तीको आतंका

झापामा जंगली हात्तीको आतंका

झापा : झापाको मेचीनगर नगरपालिका–१३ स्थित कालीझोडा र १५ नं वडाको ज्यामिरगढीका बासिन्दालाई जङ्गली हात्तीले दुःख दिन थालेको छ । अहिले हातेमालो सामुदायिक र अन्य बिभिन्न बनबाट एक्ले र रैथाने हात्ती समसाँझै गाउँ पसेर घर भत्काउने, लगाएका अन्नबाली खाइदिन थालेपछि त्यस क्षेत्रका बासिन्दा रातभर नसुती जाग्राम बस्न थालेका छन् ।

डिभिजन वन कार्यालय झापाले हात्ती प्रभावित क्षेत्रका विद्यालय र सार्वजनिकस्थलमा हात्तीबाट जोगिने उपायका बारेमा सचेतनामूलक सन्देश लेखिएका पोस्टर टाँस्ने र जङ्गल नजिकै बासिन्दालाई टर्चलाइट बाँड्नेलगायतका काम गरेको जनाएको छ ।

विभिन्न जङ्गलमा रहेका १३ रैथाने र केही एकले हात्तीले गाउँमा पसेर स्थानीयवासीलाई दुःख दिन थालेको बताए । उहाँले केही दिनयता दैनिकजसो हात्तीले घर भत्काएको जानकारी कार्यालयमा आइरहेको समेत जानकारी दिए।