रुसको कोइला खानीमा आगलागी, ५२ जनाको मृत्यु, दर्जनौं बेपत्ता

रुसको कोइला खानीमा आगलागी, ५२ जनाको मृत्यु, दर्जनौं बेपत्ता

मस्को । रुसको एक कोइला आगलागी हुँदा ५२ जनाको मृत्यु भएको छ । बिहीबार दक्षिणपश्चिमी साइबेरियास्थित केमेरोभो क्षेत्रको लिस्टभ्याज्निया कोइला खानीमा सो आगलागी भएको थियो ।

आगलागीका क्रममा खानीमा काम गर्ने मजदुर र उद्धारकर्तासहित ५२ जनाको मृत्यु भएको स्थानीय मिडिया टास र आरआइए–नोभोस्टीमा खबर छ ।

करिब २५० मिटर गहिरो भुमिगत खानीबाट मिथेन र कार्बन मोनोअक्साइड  ग्यास विस्फोट हुँदा आगलागी भएको रुसी अधिकारीहरुको भनाई छ ।

आगलागीपछि निस्केको विषाक्त धुँवाका कारण खानीभित्रै मृत्यु भएका ५२ जनाको लास फेला परेको छ । मृत्यु हुनेमा  ६ जना उद्धारकर्मी र ४६ जना कामदार रहेको जनाइएको छ । 

दुर्घटनाका समयमा खानीभित्र जम्मा २८५ रहेको बताइएको छ । सोमध्ये २३९ मजदुरहरुको उद्धारकर्ताहरुले उद्धार गरेका थिए । 

रुसी राष्ट्रपति भ्लाद्मिर पुटिनले सो घटना अत्यन्त दुखद भएको भन्दै मृतकप्रति सम्वेदना व्यक्त गरेका छन् । रुसमा बिहीबार भएको सो दुर्घटना सन् २०१० यताकै ठूलो भएको बताइएको छ ।