दीपेन्द्रसिंह एरीले बनाए अन्तर्राष्ट्रिय क्रिकेटमा छिटो अर्धशतकको विश्व कीर्तिमान

दीपेन्द्रसिंह एरीले बनाए अन्तर्राष्ट्रिय क्रिकेटमा छिटो अर्धशतकको विश्व कीर्तिमान

काठमाडौं । नेपालका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो अर्धशतकको विश्व कीर्तिमान बनाएका छन् ।

एसियन गेम्समा कमजोर मंगोलियाविरूद्ध उनले ९ बलमै अर्धशतक पूरा गरे । भारतका युवराज सिंहले १२ बलमा अर्धसतक बनाएर राखेको कीर्तिमान दीपेन्द्रले तोडेका हुन् ।

अविश्वसनीय हिटिङ गर्दै उनले आफूले सामना गरेको पहिलो ६ बलमा ६ छक्का प्रहार गरेका थिए । १० बलको सामना गर्दा उनले ८ छक्का हिर्काए ।