के एसईई खारेज हुन्छ ? के भन्छ राष्ट्रिय परीक्षा बोर्ड ?

के एसईई खारेज हुन्छ ? के भन्छ राष्ट्रिय परीक्षा बोर्ड ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज नगर्न सरकारलाई सुझाव दिएको छ । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा यसबारे छलफल भएको हो । 

छलफलमा बोर्डका अध्यक्ष महाश्रम शर्माले प्रस्तावित विद्यालय शिक्षा विधेयकमा कक्षा १० को परीक्षा हराएको भन्दै एसईई प्रादेशिक रूपमा सञ्चालन गर्न आग्र गरेको छ । आयोगले खारेज नगर्न प्रस्ताव गरेका छन् । 

बिनाअनुसन्धान एसईई हटाउन नसकिने उनको भनाइ छ । छिमेकी मुलुकहरूमा समेत कक्षा ८, १० र १२ मा बोर्ड परीक्षा हुने प्रावधान रहेको हकमा नेपालमा हटाउनुको परिणाम सकारात्मक हुन्छ नै भन्ने ग्यारेन्टी नभएको उनको भनाइ छ । 

“कक्षा ८ पछि १२ को परीक्षा लिने हो भने ५० प्रतिशत विद्यार्थी पास हुन्छन्, तर १० को परीक्षा हटाएमा यो दर ३० प्रतिशतमा झर्छ,” शर्माले भने ।  १० कक्षामा अनुत्तीर्ण भए पनि विद्यार्थीले १२ सम्म पढ्ने तर १२ मा फेल भए पढाइ नै छोड्नसक्ने भएकाले एसईई हटाउन नमिल्ने उनले बताए ।