गायिका रचना रिमाल सवार गाडी दुर्घटना

गायिका रचना रिमाल सवार गाडी दुर्घटना

काठमाडौं । गायिका रचना रिमाल सडक दुर्घटनामा परेकी छिन् । आज नेपालगञ्ज विमानस्थलबाट दाङको लमही महोत्सवमा जाँदै गर्दा गायिका रिमाल सवार गाडी दुर्घटनामा परेका हो ।

गायिका रिमाल सवार गाडीलाई विपरित दिशाबाट आइरहेको ट्रकले ठक्कर दिएको थियो । दुर्घटनामा रिमाल सवार गाडी क्षति पुगेको छ ।


दुर्घटनामा आफूसहित सबै यात्रु सकुशल रहेको रिमालले जानकारी दिएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आजै लमही महोत्सवमा हुने भनिएको आफ्नो साङ्गितिक प्रस्तुति भोलि हुने जानकारी दिएकी छिन् ।