नक्कली नेपाली नोटसहित भारतीय नागरिक पक्राउ

नक्कली नेपाली नोटसहित भारतीय नागरिक पक्राउ

काठमाडौं। वीरगंज महानगरपालिका –९ घण्टाघरस्थित सडकबाट नेपाली १ हजार दरको १२३ थान नक्कली नोटसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।

भारत पश्चिमी चम्पारण बेतिया भावल पंचायत–४ बस्ने ३० वर्षीय क्यामुदिन मियाँ र बारा प्रसौनी गाउँपालिका–२ बस्ने ४० वर्षीया हलिमा खातुनलाई नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको हो। वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त नोटसहित पक्राउ गरेको हो। 

प्रहरीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।