नेपाल सुपर लिगमा इलामको पहिलो जित, झापालाई १–० गोलले हरायो

नेपाल सुपर लिगमा इलामको पहिलो जित, झापालाई १–० गोलले हरायो

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल)मा स्पोर्टिङ इलाम एफसीले पहिलो जित निकालेको छ । आज त्रिपुरेश्वको दशरथ रङ्गशालामा भएको खेलमा इलामले झापा एफसीलाई १–० गोलले हरायो । 

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । इलामको जितमा खेलको ८७ औँ मिनेटमा अमाथ एनडाले गोल गरे । यसअघि ८४ औँ मिनेटमा इलामले पेनाल्टी पाउँदा अमाथले प्रहार गरेको बल पोस्टभन्दा निकै माथिबाट बाहिरियो ।

इलाम पहिलो खेलमा काठमाण्डौ रेजर्ससँग पराजित भएको थियो । झापा भने पहिलो खेलमा पराजित भयो । प्रतियोगितामा भोलि मङ्गलवार बेलुकी साढे ५ बजे एफसी चितवन र काठमाण्डौ रेजर्सबीच खेल हुँदैछ ।