नयाँ दल दर्ता गर्ने हर्क साम्पाङको संकेत, समर्थकसँग मागे राय

नयाँ दल दर्ता गर्ने हर्क साम्पाङको संकेत, समर्थकसँग मागे राय

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ)ले नयाँ दल दर्ता गर्ने संकेत गरेका छन् । पछिल्लो समय सामाजिक सन्जालमार्फत नयाँ शक्ति निर्माण गर्ने बताउँदै आएका उनले आज भने नयाँ दल दर्ता गर्ने संकेत गरेका हुन् । 

उनले सामाजिक सञ्जालमार्फत नै नयाँ पार्टी खोलेमा को कसले साथ दिनुहुन्छ भन्दै समर्थकको राय मागेका हुन् । अधिकांश समर्थकहरुले साम्पाङलाई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने गरी दल दर्ता गर्न सुझाव दिएका छन् । 

साथै समर्थकहरुले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग मिलेर दल दर्ता गर्न पनि सुझाव दिएका छन् । राई र शाहबीच देखिएको निकटताले आगामी निर्वाचन अघि उनीहरु मिलेर नयाँ दल खोल्न सक्ने लख काट्दै आएका छन् ।