इलाममा कांग्रेसको सुरुआती अग्रता– पछ्याउँदै सुहाङ, घण्टी चौथो

इलाममा कांग्रेसको सुरुआती अग्रता– पछ्याउँदै सुहाङ, घण्टी चौथो

इलाम– इलाम –२ को मतगणनाको पहिलो अपडेट आएको छ । प्राप्त विवरणअनुसार फाकफोकथुम गाउँपालिका वडा नम्बर १ को मतगणना सम्पन्न भएको छ ।

जसमा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले अग्रता बनाएका छन् । खड्काले ६५७ मत प्राप्त गरेका छन् भने एमालेका सुहाङ नेम्वाङले ५३४ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले १८७ मत प्राप्त गरेका छन् भने रास्वपाका मिलन लिम्बुले ११५ मत प्राप्त गरेका छन् ।

फाकफोकथुम गाउँपालिका वडा नम्बर १ मा एक हजार ५४१ मत खसेको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।