उपनिर्वाचनः इलाम २ मा मतगणना सुरू

उपनिर्वाचनः  इलाम २ मा मतगणना सुरू

इलाम । इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना सुरू भएको छ। इलाम नगरपालिका(७ स्थित गौतमबुद्ध सभागृहमा मतगणना सुरू भएको मुख्य निर्वाचन अधिकृत केशबप्रसाद घिमिरेले अन्नपूर्णलाई जानकारी दिए।

फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १ बाट मतगणना सुरू भएको हो। यहाँ कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। मतगणनास्थलमा ११ वटा सीसी क्यामेरा जडान गरिएका छन्। मतगणना स्थलमा भीडभाड हुन नदिन चोक बजारमा रहेको डस्प्लेबोर्डमा परिणाम सार्वजनिक गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
 
उपनिर्वाचनमा ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो। शनिबार बिहान ७ साँझ ५ बजेसम्म भएको मतदानमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ३५ हजार एक सय ३५ पुरुष, ३४ हजार एक सय ५० महिला र दुई अन्यले मतदान गरेका छन्।