इलाम उपनिर्वाचन : एकीकृत समाजवादीलाई २ वडामा शून्य मत

इलाम उपनिर्वाचन : एकीकृत समाजवादीलाई २ वडामा शून्य मत

इलाम  । इलाम २ को निर्वाचनमा प्रारम्भिक ३ वटा वडाको मत परिणामअनुसार पूर्व प्रधानमन्त्री झलनाथ खनालको पार्टी नेकपा एकीकृत समाजवादीले ६ मत पाएको छ।

खनाल चुनावी कमाण्डर बनेको इलाम २ को प्रारम्भिक मतगणनामा नेकपा समाजवादीका उम्मेदवार जितबहादुर राईले फाकफोकथुम वडा नं। १ र ३ मा शून्य मत प्राप्त गरेका छन्।

राईले भन्दा बढी इलाममा संगठन नै नरहेको नेपाली जनता दलका रेशमबहादुर सुनारले प्राप्त गरेका छन्। उनले १७ मत प्राप्त गरेका छन्। त्यसैगरी स्वतन्त्र उम्मेदवार दीपेश बोहराले ९ मत, राप्रपाका लक्ष्मी गुरुङले ९ मत र जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले ८ मत प्राप्त गरेका छन्।

स्वतन्त्र उम्मेदवार बनेका डाकप्रसाद गौतम र मनोज निरौलाले मत शून्य मत प्राप्त गरेका छन्। गौतम अघिल्लो प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेस बिपीबाट उम्मेदवार बनेका थिए।