‘सरोकारवालासँग सरसल्लाह बिना आएको संघिय शिक्षा ऐनले हतोत्साही बनाउँछ’

‘सरोकारवालासँग सरसल्लाह बिना आएको संघिय शिक्षा ऐनले हतोत्साही बनाउँछ’

ऐन बारे सफ्टवारिका क्याम्पसका अध्यक्ष विज्ञान श्रेष्ठको विचार जस्ताको त्यस्तैः
बृहत अनुसन्धान नै नगरी, सरोकारवालाहरूसित सरसल्लाह नै नगरी नयाँ नयाँ नियम ऐन ल्याउन  सरकारको तरीकाले भएको आत्म बिश्वास र जागर सबै कमजोर बनाउछ, हतोत्साही बनाउछ । संसारको हरेक देशमा प्राइभेट र सरकारी स्कूल हुन्छन् ।  नाफामूलक भएन भने नागरिकले शिक्षामा किन लगानी गर्छ ? निजी लगानीका कारणले शिक्षा महँगो भयो , त्यसैले गुठीमा जानुपर्छ भन्ने तर्क पनि युक्ति संगत भएन  किनकी धेरै  निजी स्कुलहरू पनि सस्तै छन् । कुनै स्कुलहरूमा सुविधा अनुहारका शुल्क छन्  जसले भारतका महंगा स्कुलहरूमा पढाउने अभिभावकलाई नेपालमै पढाउने वातावरण सिर्जना गरेको छ । 

सरकारले सरकारी स्कुललाई बिकास र प्रतिस्पर्धा मैत्री बनाउने हो । नेपालमा शिक्षा क्षेत्रमा नागरिकलाई  झन् धेरै लगानी आकर्षित गर्नु पर्ने बेला हो । स्कूल देखि कलेजसम्म संसारकै उत्कृष्ट शिक्षा प्रदान गर्ने बेला हो । कमसेकम पढ्नकै लागि बिदेश जानै नपर्ने बनाउने हो ।   शिक्षाका बिकल्पहरू र प्रतिस्पर्धाले शिक्षामा गुणस्तर बढाउछ , नाफामूलक भए अथक मिहिनेत र थप  लगानी आकर्षित गर्छ, लगानी बढे गुणस्तर बढ्छ,  बिद्यार्थीलाई नेपालमै टिकाउने वातावरण बन्छ  भन्ने मेरो धारणा हो ।